Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

कालिका दैनिक अनलाईनद्वारा प्रेस चौतारी चितवनलाई स्वास्थ्य सामाग्री सहयोग

कालिका दैनिक अनलाईनद्वारा प्रेस चौतारी चितवनलाई स्वास्थ्य सामाग्री सहयोग

images
कालिका दैनिक अनलाईनद्वारा प्रेस चौतारी चितवनलाई स्वास्थ्य सामाग्री सहयोग
images

चितवन, ७ जेठ । प्रेस चौतारी नेपाल चितवन शाखालाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । कालिका दैनिक अनलाइनका निर्देशक आकाश बन्जराले पत्रकारहरुका लागि स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको हो । आज (शुक्रबार) प्रेस चौतारी चितवनको कार्यालयमा कालिका दैनिकका प्रधान सम्पादक तथा प्रेस चौतारी नेपालका बामगती प्रदेश सहसंयोजक शिशिर सिंखडाले प्रेस चौतारी चितवनका जिल्ला सहअध्यक्ष कृष्ण आचार्यलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभयो ।

कालिका दैनिकका तर्फबाट पाँच हजार थान माक्स र १ सय वटा सेनिटाइजर सहयोग गरिएको सिंखडाले बताउनुभयो । उहाँले प्रेस चौतारीलाई आवश्यक परेका खण्डमा थप स्वास्थ्य सामाग्री उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । स्वास्थ्य सामाग्री जिल्लामा कार्यरत पत्रकारहरुलाई उपलब्ध गराइनेछ ।

प्रेस चौतारीका सहअध्यक्ष आचार्यले संगठनलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएकोमा कालिका दैनिकका निर्देशक बन्जारा र प्रेस चौतारीका बागमती प्रदेश सहसंयोजक सिंखडालाई धन्यबाद ज्ञापन गर्नुभयो । कोरोनाका कहरका बेला अंग्रपक्तिमा रहेर सुचना प्रवाह गर्ने तथा फिल्डमा खटिने पत्रकारहरुलाई पहिलो चरणमा र दोस्रो चरणमा सबै पत्रकारलाई स्वास्थ्य सामाग्री वितरण गरिने आचार्यले बताउनुभयो ।

कालिका अनलाइनका निर्देशक बन्जार ग्लोबल गोर्खा समाजका कोषाध्यक्ष तथा हंङकङका सफल हेण्डीक्राफ्ट व्यवसायी हुनुहुन्छ । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा प्रेस चौतारी बागमती प्रदेश सदस्य तिलक रिमाल र प्रेस चौतारी चितवनका जिल्ला सदस्य गोबिन्द घिमिरेको उपस्थिति थियो ।

images
प्रकाशित मिति :जेठ ७, २०७८ शुक्रवार - १९:३८:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology