Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

कोरोना संक्रमितको शव अन्त्येष्टिका लागि भरतपुर महानगरले निःशुल्क रुपमा दाउरा र शव वाहन उपलब्ध गराउने

कोरोना संक्रमितको शव अन्त्येष्टिका लागि भरतपुर महानगरले निःशुल्क रुपमा दाउरा र शव वाहन उपलब्ध गराउने

कोरोना संक्रमितको शव अन्त्येष्टिका लागि भरतपुर महानगरले निःशुल्क रुपमा दाउरा र शव वाहन उपलब्ध गराउने

चितवन, ५ जेठ । कोरोनाबाट मृत्यु हुनेहरुको अन्येष्टिका लागि भरतपुर महानगरले निःशुल्करुपमा दाउरा उपलब्ध गराउने भएको छ । बुधवार महानगरले एक विज्ञप्ति जारी गर्दै कोरोनाको संक्रमणबाट उपचारका क्रममा ज्यान गुमाउने व्यक्तिको अन्त्येष्टि कार्यका लागि दाउरा खरिदमा लाग्ने तीन हजार रुपैयाँ पनि उपलब्ध गराउने निर्णय गरेको छ ।

images

भरतपुर महानगरपालिकाले गत वर्षदेखि नै कोभिड १९ बाट मृत्यु हुनेहरूको लागि शववाहनको रुपमा एक्साभेटर निः शुल्क रूपमा उपलब्ध गराउँदै आएको छ । यस वर्षबाट भरतपुर महानगरपालिकाले कोभिड १९ का बिरामीहरूलाई घरबाट अस्पताल लैजान र ल्याउन २ वटा एम्बुलेन्समार्फत निःशुल्क सेवा प्रदान गर्दै आएको छ ।

चितवनमा कोरोना संक्रमितको संख्या बढेसँगै भरतपुर महानगरले आइसोलेसन निर्माणको कामलाई तीव्रता दिएको छ। यसैगरी भरतपुर महानगरपालिकाले शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रमा कोरोना संक्रमितको उपचारको लागि १५ बेडको आइसोलेसन निर्माण गरेको महानगर प्रवक्ता अरुणपीडित भण्डारीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

images
प्रकाशित मिति :जेठ ५, २०७८ बुधवार - २१:५२:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology