Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनमा कोरोनाका गम्भीर बिरामी बढे, अस्पतालका आईसीयू र भेन्टिलेटरमा ३०५ जनाको उपचार हुँदै 

चितवनमा कोरोनाका गम्भीर बिरामी बढे, अस्पतालका आईसीयू र भेन्टिलेटरमा ३०५ जनाको उपचार हुँदै 

चितवनमा कोरोनाका गम्भीर बिरामी बढे, अस्पतालका आईसीयू र भेन्टिलेटरमा ३०५ जनाको उपचार हुँदै 
images

सुवास लामिछाने, चितवन, ४ जेठ । चितवनमा कोरोना सङ्क्रमण दर केही घटेको जस्तो भए पनि अस्पतालहरुमा कोरोनाका गम्भीर बिरामी भने बढेका छन् । स्वास्थ्य कार्यालय चितवनले जनाएअनुसार चितवनका अस्पतालहरुमा अहिले आईसीयू र भेन्टिलेटरमा गरेर ३ सय ५ जनाको उपचार भइरहेको छ ।

images
images

जसमा आईसीयूमा २ सय ५३ जना र भेन्टिलेटरमा ५२ जना छन् । हिजो सोमबार आईसीयू र भेन्टिलेटरमा गरेर जम्मा २८५ जना बिरामीको मात्र उपचार भएको थियो । आज एकै दिन २० जना बिरामी थपिएका छन् ।

अस्पतालहरुमा भर्ना भएका कोरोना संक्रमित बिरामीको संख्या ५३७ पुगेको छ ।स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार चितवनमा आज एकै दिन कोरोना सङ्क्रमणबाट ९ जनाको मृत्यु भएको छ । 

images
प्रकाशित मिति :जेठ ४, २०७८ मंगलवार - १८:३०:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology