Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

९१ वर्षको वृद्धलाइ रत्ननगरका युवाहरुले गरे खाद्यन्न सहयोग 

९१ वर्षको वृद्धलाइ रत्ननगरका युवाहरुले गरे खाद्यन्न सहयोग 

images
९१ वर्षको वृद्धलाइ रत्ननगरका युवाहरुले गरे खाद्यन्न सहयोग 
images

रत्ननगर, २ जेठ । ९१ वर्षको वृद्ध हजुरबालाइ रन्ननगर १६ का युवाहरुले करिब १२ हजारको खाद्यन्न सामग्री  सहित सहयोग हस्तान्तरण गरेको छ । निम्न आर्थिक अवस्था भएको ९१ वर्षको वृद्ध  टेक बहादुर मगरलाइ करिब ३ वर्ष अगाडी आफ्नै छोरा बुहारीले छोडेर गएपछि नातिनीको सहारामा बस्दै आएको छ ।  

जन जागृती माध्यमिक विद्यालयमा कक्षा ९ मा पढदै आएकी नातिनी गिता मगर पढाइमा पनि अब्बल रहेको बताउछिन । विहान बेलुकी वृद्ध हजुरबालाइ खाना पकाएर खुवाएर पढनु पर्ने बाध्यता पनि सुनाइन । आफ्ना बुवा आमाले छोडेर गएपछि आर्थिक भार पनि थपिएको र विहान बेलुकीे खानामा के पकाउने हो चिन्ताले सताउने गर्छ उनले भनिन् । घरको छानो चुहिने हुदा पानी चुहिएर चुल्हो बाल्न नसकिने हुदा पानी परेको दिन भोकभोकै बस्नु पर्ने बताइन । 

187443580_163487972384538_3290835893003013371_n.jpg

रत्ननगर १६ का वडा अध्यक्ष हेमराज थापाले छिट्टै घर बनाइदिने आश्वासन दिदै तत्काललाइ कोठा खोजेर राखीदिने पनि बताउनु भयो । रन्ननगर १६ को कुंवर टोलमा बस्नुहुने वृद्ध हजुरबालाइ तत्काल राहतका आवश्यक रहेको युवा समाजसेवि सुमन थापाले जानकारी गराएपछि युवा व्यापारी सन्तोष लामा सहित सम्पुर्ण युवाहरुको आर्थिक रकम संकलन पछि वडाको अध्यक्ष सहित खाध्यन्न सामग्री हस्तान्तरण गरिएको हो ।

images
प्रकाशित मिति :जेठ २, २०७८ आइतवार - २२:३२:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology