Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

दाङका एक नवविवाहित जोडीले गरे विवाह खर्च काटेर संक्रमितलाई अक्सिजन खरिद

दाङका एक नवविवाहित जोडीले गरे विवाह खर्च काटेर संक्रमितलाई अक्सिजन खरिद

images
दाङका एक नवविवाहित जोडीले गरे विवाह खर्च काटेर संक्रमितलाई अक्सिजन खरिद
images

दाङ, १ जेठ । दाङका एक जोडीले विवाह खर्च कटौती गरेर कोरोना संक्रमितकाे अक्सिजनका लागि रकम प्रदान गरेका छन् । घोराही नगरपालिका वडा नम्बर–१८का अविनाश राना र सिर्जना रानाले केही दिन अघि गरिएको विवाहमा खर्च कटौती गरी अक्सिजन खरिद गर्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५१ हजार रुपैयाँ प्रदान गरेका हुन् ।

विवाह खर्च कटाइ अक्सिजन खरिदका लागि रकम सहयोग गरेर सामाजिक उत्तरदायित्व बहन गर्न पाएकोमा खुशी लागेको नवविवाहित जोडीको भनाइ छ । राना र कुँवर बीच कोरोनाको महामारीमा केही दिन पहिले स्वास्थ्य मापदण्ड अपनाइ विवाह भएको थियो ।

नव विवाहित जोडीले प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर संगीता भण्डारी, निर्देशक डाक्टर प्रज्ञा बस्नेत, कायममुकायम रजिस्ट्रार झङ्कार लामिछानेलाई ५१ हजारको चेक हस्तान्तरण गरेका थिए ।

उपकुलपति भण्डारीले कोरोनाको महामारीमा आफ्नो विवाह खर्च कटाएर अक्सिजन सिलिन्डर खरिदका लागि प्रतिष्ठानलाई सहयोग गरेकोमा धन्यवाद दिँदै विवाहित जोडीलाई सफल दाम्पत्य जीवनका लागि शुभकामना दिएका थिए ।

images
प्रकाशित मिति :जेठ १, २०७८ शनिवार - १९:४८:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology