बैशाख ३१, गोरखा । गोरखाको शहिद लखन गाउँपालिकाले किसानलाई बंगुरका पाठी वितरण गरेको छ ।
बंगुरको साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम संचालन गर्नका लागि वडा नं ७ मा गठन भएको मिलिजुली बंगुर पालन समितिमा आबद्ध ११ वटा फर्महरुलाई ३३ वटा बंगुरका पाठी वितरण गरिएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ।
उत्पादन वृद्धि तथा सुदृढीकरणका गर्न र व्यवसायीलाई आत्मनिर्भर बनाउनका लागि प्रत्येक फर्मलाई ३ वटाका बंगुरका पाठी वितरण गरेको गाउँपालिकाका पशु विकास अधिकृत ऋषिराम मरहट्टाले बताउनु भयो।
गाउँपालिका र व्यवसायिक फर्महरुको लागत साझेदारीमा बंगुर पालनका लागि आवश्यक खोर निर्माण गर्ने पनि तय भएको उहाँको भनाई छ।
संघीय सरकारबाट प्राप्त शर्सत बजेटबाट कार्यक्रम कार्यान्वय गरिएको गाउँपालिकाले जनाएको छ । कृषकहरुलाई आत्मनिर्भर बनाई उत्पादकत्व वृद्धि गर्ने गाउँपालिकाको योजना छ।