Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

चितवनमा निषेधाज्ञाको २ हप्ताः चितवनका अस्पतालमा झण्डै ५ सय कोरोनाका बिरामीको उपचार हुँदै

चितवनमा निषेधाज्ञाको २ हप्ताः चितवनका अस्पतालमा झण्डै ५ सय कोरोनाका बिरामीको उपचार हुँदै

images

इच्छाकामना न्युज

३०, बैशाख २०७८
चितवनमा निषेधाज्ञाको २ हप्ताः चितवनका अस्पतालमा झण्डै ५ सय कोरोनाका बिरामीको उपचार हुँदै
images

चितवन, ३० वैशाख । चितवनमा निषेधाज्ञा भएको आज दुई हप्ता बित्दा चितवनका अस्पतालहरुमा उपचाररत कोरोना संक्रमित बिरामीको संख्या झण्डै ५०० पुगेको छ ।

स्वास्थ्य कार्यालय चितवनले आज सार्वजनिक गरेको तथ्यांक अनुसार भरतपुर अस्पतालमा १५३, चितवन मेडिकल कलेजमा १८३, कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा १०१ जना, गुञ्जमानसिंह अस्पतालमा १ जना र अन्य अस्पतालमा ३२ जना गरेर जम्मा बिरामीको संख्या ४७० पुगेको हो ।

त्यसैगरी स्वास्थ्य कार्यालयका अनुसार आज एकै दिन आठ जनाको निधन भएको छ भने अस्पतालहरुबाट ५० जना डिस्चार्ज भएका छन् । त्यस्तै अस्पतालका आईसीयूमा २५६ जना, भेन्टिलेटरमा ५२ जना र एचडीयूमा ८० जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

images
प्रकाशित मिति :बैशाख ३०, २०७८ बिहिवार - १८:३३:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology