Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

प्रतिवन्धित लागुऔषध सहित चितवन खैरहनीबाट बिक्रम चेपाङ पक्राउ

प्रतिवन्धित लागुऔषध सहित चितवन खैरहनीबाट बिक्रम चेपाङ पक्राउ

images

इच्छाकामना न्युज

२९, बैशाख २०७८
प्रतिवन्धित लागुऔषध सहित चितवन खैरहनीबाट बिक्रम चेपाङ पक्राउ
images

चितवन, २९ वैशाख । प्रहरीले चितवनको खैरहनी नगरपालिका–४ बाट लागुऔषधसहित एक युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार मंगलबार राति ११ बजे खैरहनी नगरपालिका–४ गैडाआहालबाट मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कालिका नगरपालिका–८ न्युरेनी बस्ने बर्ष २५ को विनोद चेपाङ रहेको प्रहरीले जनाएको छ । शंका लागि चेकजाँच गर्दा चेपाङको साथमा प्रहरीले प्रतिबन्धित लागुऔषध डाईजापाम ३१ एम्पुल, ब्युप्रिनर्फिन ३१ एम्पुल र फेनारगन ३१ एम्पुल जम्मा ९३ थान फेला पारेको जनाएको छ । निजलाई पक्राउ गरी आबश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :बैशाख २९, २०७८ बुधवार - २१:१८:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology