Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तनहुँमा हुदै नभएको नगरपालिकाको व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको भरतपुर अस्पतालको विज्ञप्ती, यस्तो किन भयो ?

तनहुँमा हुदै नभएको नगरपालिकाको व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको भरतपुर अस्पतालको विज्ञप्ती, यस्तो किन भयो ?

चित्र बहादुर गुरुङ

२८, बैशाख २०७८
तनहुँमा हुदै नभएको नगरपालिकाको व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको भरतपुर अस्पतालको विज्ञप्ती, यस्तो किन भयो ?
images

तनहुँ, २८ बैशाख । भरतपुर अस्पतालले आफ्नो आधिकारीक फेसबुक पेजमा आज बिहान कोरोना संक्रमितको मृत्यु सम्बन्धि एउटा विज्ञप्ती राख्यो । जसमा तनहुँको छिरिसुन्दर नगरपालिका वडा नं. २ बस्ने ७८ वर्षका पुरुषको बैशाख २७ गते १०ः०५ बजे भेन्टिलेटर सहित आईसियुमा उपचार गर्दागर्दै मृत्यु भएको भनेर लेखिएको छ। यसमा अचम्म लाग्ने कुरा चाहि के हो भने अस्पतालले मृतकको जुन ठेगाना लेखेको छ सो अनुसारको नामको नगरपालिका तनहुँ जिल्लामा मै छैन । 

images
images

Untitled-1 copy.pngभरतपुर अस्पतालले आज बिहान जारी गरेको कोरोना संक्रमित मृतकहरुको नामावली

खोज्दै जादा जिल्ला समन्वय समिति तनहुँको बेबसाईट मा क्लिक गर्दा परिचय खण्डमा यस्तो लेखिएको पाईयो । 

संघिय नेपालको गण्डकी प्रदेशमा अवस्थित तनहुँ प्रकृति, सभ्यता, रहनसहन र जैविक विविधताले मनोरम ऐतिहासिक पहाडी जिल्ला हो । १० स्थानिय तहमा विभाजित तनहुँमा ४ नगरपालिका र ६ गाउपालिका छन् । भानु न.पा., व्यास न.पा., शुक्लागण्डकी न.पा., भिमाद न.पा., आँबुखैरेनी गा.पा., बन्दीपुर गा.पा., देवघाट गा.पा., म्याग्दे गा.पा., ऋषिङ गा.पा. र घिरिङ गा.पा. तनहुँका स्थानीय तहका नाम हुन् ।

Tanahun_District_Map-768x543 (1).jpgतनहुँमा भएका स्थानीय तहहरुको नामावली सहितको नक्सा


यति मात्रै कहाँ हो र खोज्दै जादा यतिसम्म भेटियो कि छिरिसुन्दर नाम गरेको नगरपालिका त के गाउँपालिका समेत नेपालभरको ७५३ वटै स्थानीय तह खोज्दा पनि भेटिएको पाईएन। 

यो विज्ञप्तीमा लेखिए अनुसार ससर्ती हेर्दा अस्पतालले विरामीको रेकर्ड राख्दा गलत ठेगाना राखिएको देखिएको छ। 

images
प्रकाशित मिति :बैशाख २८, २०७८ मंगलवार - १३:३३:२० बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology