चितवन, २७ बैशाख । चितवनको भरतपुर महानगरपालिका १० चौबिसकोठीमा रहेको प्राइम कमर्सियल बैंक लिमिटेडको शाखा कार्यालयमा भएको आगलागीमा परि अन्दाजी ४० लाख रुपैयाँ बराबरको क्षति भएको छ। बैंकको कार्यालयमा बिद्युत् सर्ट भै एक्कासी आज साँझ आगलागी भएको थियो ।
आगलागीमा परि बैंकको कम्प्यूटर १० थान, बिभिन्न किसिमका प्रिन्टर १० थान, फोटोकपी मेशिन २थान, टेलिफोन सेट, पैसा गन्ती गर्ने मेशिन, एसी मेशिन २ थान, स्टेटमेन्ट प्रिन्टर मेशिन, टोकन मेशिन, स्क्यानर मेशिन, पंखा, हाँजिर गर्ने मेशिन, फेक नोट डिटेक्टर मेशिन, सिसी क्यामेरा, काउण्टरमा राखिएको डिस्प्ले, बिजुलीको मिटर, बिभिन्न कुर्सीहरू, टेबुल, फाइल, र्याक स्टोर लगायतका सामाग्री पूर्ण क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।