चितवन, २७ बैशाख । चितवन भरतपुर महानगरपालिका १० स्थित चौबिसकोठीमा रहेको प्राईम कमर्सियल बैंकको शाखा कार्यालयमा आगलागी भएको छ। आज साँझपख आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
प्रारम्भिक अनुसन्धानमा बिजुली सर्ट भई आगलागी भएकोमा घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। आगलागीबाट बैंकको काउण्टरमा रहेको कम्प्युटर, प्रिन्टर लगायत फर्निचरका सामाग्रीहरु पूर्ण रुपमा जलेको छ। आगलागी साँझ ६ः१५ बजेबाट पूर्ण नियन्त्रणमा आएको छ।