गोरखा, २७ बैशाख । गोरखा उद्योग बाणिज्य संघको प्रयोग बिहीन भबन आइशोलेसन बनाउन नदिएपछि गोरखा सदरमुकाममै गोरखा अस्पताल बाहेकमा आइशोलेसन बेड संचालन हुन सकेको छैन ।
गोरखा अस्पतालमा रहेको छ वेड कोरोना संक्रमितले भरिएको छ । थप बिरामी राख्ने क्षमता र आइशोलेसन गोरखा अस्पताल सँग तत्काल नरहेको सुचना अधिकारी कृष्ण ढकालले बताए ।
गोरखा नगरपालिकाले आइशोलेसन बेड राख्न बिभिन्न संघ संस्था सँग भबन मागेको तर उपलब्ध नभएको जनाएको छ । उद्योग बाणिज्य संघ गोरखाले यस अघि सिआरएसलाई दिएको तर अहिले प्रयोगमा नरहेको भबन नगरपालिकाले आइशोलेसन बनाउन मागेको थियो ।
पाँच दिन सम्म दिने/नदिने बारे कुनै निर्णय नआएको नगर प्रमुख राजनराज पन्तले बताए । भुकम्प लगत्तै उक्त भबन उद्योग बाणिज्य संघले सिआरएसलाई मासिक भाडामा दिएर आफु शक्तिचोक स्थित भाडाको घरमा समेत बसेको थियो ।
गोरखा नगरपालिका समेतको लगानीमा नयाँ निर्माण भएपछि उद्योग बाणिज्य संघ तालिम प्रशिक्षण केन्द्र भबनमा सचिवालय संचालन गरेर बसेको छ । आइशोलेसन बनाउन माग गरिएको भबन खाली छ ।
उद्योग बाणिज्य संघले उक्त भबन नदिएपछि सर्वत्र आलोचना भएको छ । संघका पदाधिकारी बिच नै दिने/नदिने बिषयमा बैठकमा बिवाद भएको एक ब्यवशायीले बताए । ‘यस्तो समयमा संघले भबन आइशोलेसनका लागि दिनुपथ्र्यो, सामाजिक कामबाट हात झिक्नु हुँदैनथ्यो’ एक ब्यवशायीले भने ‘आफैँ बिरामी परियो, हाम्रा ब्यापारी ब्यवशायीलाई आईशोलेसन राख्नुप¥यो भने पनि चाहिन्छ नि ।’
विपदका बेला संस्थाले सहयोग नगरेको भन्दै सामाजिक सञ्जालमा पनि चर्को आलोचना भएको छ । बैठकमा अधिकासं पदाधिकारीले भबन आइशोलेसनका लागि दिनुपर्ने बताएपनि अध्यक्ष श्रेष्ठले निर्णय गराउन सकेनन् ।
संघका अध्यक्ष जिबनज्योती श्रेष्ठले कोरोना माहामारी बढ्दै गएमा दिन सक्ने बताएका छन् । अहिले अवस्था जटिल नभएको बताउँदै उनले अन्तिम परेमा दिने बताए । गोरखा नगरपालिका ६ स्थित छहरेमा रहेको संघको भबनमा आईशोलेसन संञ्चालन गर्न लागिको प्रति स्थानीय टोलहरुले पनि बिरोध जनाएका छन् । टोल समितिले आइशोलेसन राख्न भबन नदिन दबाव दिएको संघले जनाएको छ ।
गोरखा सदरमुकाममा आईतवार मात्रै ४५ जना कोरोना संक्रमित थपिए । एक सय संक्रमित नाघेको सदरमुकाममा दिनदिनै संक्रमण दर बढेको छ । अन्यत्र जिल्लाका अस्पतालमा पनि आइशोलेसन नहुँदा बिरामी रिफर गर्न नसकिएको अस्पतालले जनाएको छ ।
यस्तो अवस्थामा आइशोलेसन संचालनमा बिरोध गरेर ढिला गर्दा सदरमुकाममै उपचार नपाएर ज्यान जाने खतरा हुन सक्ने चिकित्सकहरु बताउँछन् ।
दरौदी दैनिकबाट