Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

जन्मजात दुवै हातखुट्टा नचल्ने धादिङकी प्याउलीमाया दराईको दैनिक जीवनयापनमा कठिनाई, सहयोगका लागि अपिल

जन्मजात दुवै हातखुट्टा नचल्ने धादिङकी प्याउलीमाया दराईको दैनिक जीवनयापनमा कठिनाई, सहयोगका लागि अपिल

images

इच्छाकामना न्युज

२७, बैशाख २०७८
जन्मजात दुवै हातखुट्टा नचल्ने धादिङकी प्याउलीमाया दराईको दैनिक जीवनयापनमा कठिनाई, सहयोगका लागि अपिल
images

धादिङ, २७ बैशाख । जन्मजात अपांग रहनुभएका प्याउलीमाया दराइलाई आर्थिक अवस्था कमजोरका कारण दैनिक जीवनयापनमा कठिनाई भएको छ ।

धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका १ सल्यान्टारका ४० बर्षिय दराई जन्मजात नै हात खुट्टा नचल्ने अपांग हुनुहुन्छ ।बा–आमाको समेत निधन भइ उहाँ दाजु भाउजुको साथमा बस्दै आउनुभएको छ । दाजुभाउजुको परिवारमा पनि आर्थिक अभावका कारण उहाँलाई दैनिक जीवन गुजार्न कठिनाई भएको स्थानीय समाजसेवी गंगा थापाले बताउनुभयो ।

थापाका अनुसार गंगामायाको उपचार नहुने चिकित्सकहरुले बताएका छन् । उहाँले हिडडुल गर्न समेत नसक्ने गंगामाया थापाको दैनिक जीवनयापन सहजताका लागि आर्थिक सहयोगको समेत अपिल गर्नुभयो ।

उहाँको सहयोग र थप जानकारीका लागि प्याउलीमायाँ ९८१८५७७६११ र गंगा थापा ९८२३८१३५५१ मा सम्पर्क गर्न सक्नुहुने छ ।

images
प्रकाशित मिति :बैशाख २७, २०७८ सोमवार - ०९:१९:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology