Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आफू अल्पमतमा पर्ने भएपछि प्रधानमन्त्रीद्वारा पहल सुरु, जसपा मध्यमार्गी बाटोमा 

आफू अल्पमतमा पर्ने भएपछि प्रधानमन्त्रीद्वारा पहल सुरु, जसपा मध्यमार्गी बाटोमा 

सिआईएन

२५, बैशाख २०७८
आफू अल्पमतमा पर्ने भएपछि प्रधानमन्त्रीद्वारा पहल सुरु, जसपा मध्यमार्गी बाटोमा 
images

काठमाण्डौ, २५ बैशाख । आफू संसदमा अल्पमतमा पर्ने देखिएपछि प्रधानमन्त्री एवम् नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली पार्टी भित्र लचिलो रुपमा प्रस्तुत हुनुभएको छ । २७ गते संसदमा हुने विश्वासको मतदानमा पार्टी भित्रकै माधव नेपाल–झलनाथ खनाल पक्षले भोट नहाल्ने देखिएपछि प्रधानमन्त्री ओलीले सहमतिको लागि पहल सुरु गर्नुभएको हो ।

images
images

प्रधानमन्त्री ओलीले सहमति भएको खण्डमा यसअघि गर्नुभएका सम्पूर्ण कारबाही फिर्ता गर्ने गरि तयारी सुरु गर्नुभएको छ । सोही अनुसार बिहीवार र हिजो दुई पक्षका नेताहरुका बीचमा चरण, चरणमा छलफल भएको भएपनि सहमति भने हुन सकेको छैन ।

हिजो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता नेपालले प्रधानमन्त्री ओलीसँग कुनै पनि किसिमको सहमति नभएको प्रष्ट पार्नुभएको छ । २७ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिदै हुनुहुन्छ । तर, काँग्रेस, माओवादी केन्द्र र नेपाल पक्षले विश्वासको मत दिन नसकिने प्रष्ट पारिसकेको छ ।

यता जनता समाजवादी पार्टीले भने हालको परिस्थितिमा पक्ष विपक्ष कतै पनि नलाग्ने गरि निर्णय गर्ने अन्तिम तयारीमा पुगेको छ । सीआईएनसँग कुरा गर्दै नेता राजकिशोर यादवले कुनै पनि पक्षमा नलागी तटस्थ भूमिका निर्वाह गरिने बताउनुभयो । सरकारलाई सघाउने विषयलाई लिएर जसपा फुटको संघारमा पुगेपछि मध्यमार्गी धारको खोजी गरिएको नेता यादवको भनाइ छ । तर, नेकपा एमाले ओली पक्षले भने नेपाल पक्षले विश्वासको मत दिने दावी गरेको छ ।

सीआईएनसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराइले नेपाल पक्षसँग सहमति नजिक पुगेको र आफुहरुले विश्वासको मत प्राप्त गर्ने बताउनुभयो ।यसैबीच,प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाउनुभएको छ । भोलि बस्नेगरी बैठक बोलाइएको छ । लामो समयपछि परिषद्को बैठक बस्न थालेको हो । गएको ३० मंसिरयता परिषद्को बैठक बसेको छैन । 

images
प्रकाशित मिति :बैशाख २५, २०७८ शनिवार - ०९:१२:०४ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology