Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि ३ जनाको उम्मेदवारी दर्ता 

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि ३ जनाको उम्मेदवारी दर्ता 

images

इच्छाकामना न्युज

२४, बैशाख २०७८
राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि ३ जनाको उम्मेदवारी दर्ता 
images

हेटौडा, २४ बैशाख । गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेको तर्फबाट उमेदवारी दर्ता गराउनु भएको छ । आज थापाले हेलिकप्टरबाट निर्वाचन कार्यालय मकवानपुरमा गएर उमेदवारी दर्ता गराउनु भएको हो ।

थापाको प्रस्तावक वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल बस्नु भएको छ भने सामाजिक विकासमन्त्री सरस्वती बस्नेत समर्थकमा बस्नु भएको छ ।

त्यसैगरि, वाग्मती प्रदेश अन्तर्गत आउँदो जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि डा. खिमलाल देवकोटाको पनि उमेदवारी दर्ता भएको छ । उहाँ नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र जनता समाजवादी पार्टी जसपाका तर्फबाट साझा उमेदवार हुनुहुन्छ । तर उहाँले स्वतन्त्र रुपमा उमेदवारी दर्ता गराएको निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ ।

त्यसैगरि नेपाल मजदुर किसान पार्टीले वैकल्पिक केन्द्रीय सदस्य कृष्णबहादुर तामाङलाई उमेदवार बनाएको छ । तामाङलाई उमेदवार बनाउने निर्णय भएको नेमकिपाले जनाएको छ ।  माओवादीले थापालाइ कारबाही गरेपछि रिक्त भएको पदमा उपनिर्वाचन हुन लागेको हो । 

images
प्रकाशित मिति :बैशाख २४, २०७८ शुक्रवार - १९:२५:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology