Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चितवनमा निषेधाज्ञा झन् कडा बनाउने तयारी गरिदै

चितवनमा निषेधाज्ञा झन् कडा बनाउने तयारी गरिदै

images

इच्छाकामना न्युज

२२, बैशाख २०७८
चितवनमा निषेधाज्ञा झन् कडा बनाउने तयारी गरिदै
images

चितवन, २२ बैशाख । जिल्ला प्रशासन कार्यालय चितवनले कोरोनाभाइरस (कोभिड–१९) लक्षित निषेधाज्ञा अझै कडा बनाउने तयारी गरेको छ । जिल्लामा कोरोना संक्रमित हुने र मृत्यु हुनेको संख्या नघटेको भन्दै थप कडाइ गर्न लागिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानले बताउनुभयो ।

उहाँले जिल्लाका सबै पालिकाहरुलाई पनि अलट हुन आग्रह गरिएको जानकारी दिनुभयो । आज बस्ने जिल्ला क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसीएमसी) चितवनको बैठकले थप कडाई गर्ने सम्बन्धमा निर्णय गर्नेछ ।

“निषेधाज्ञाको बाँकी अवधिमा अझै सचेत बन्नुपर्ने देखिएको छ,उहाँले भन्नुभयो’,कारवाहीको प्रकृयालाई पनि बढाउने तयारीमा छौं ।” प्रजिअ लामिछानेले स्वयम निषेधाज्ञा कार्यान्वयन गराउनका लागि जिल्लाका विभिन्न क्षेत्रमा खटिनुभएको छ ।

चितवनमा निषेधाज्ञाको आज छठौं दिन हो ।

 

images
प्रकाशित मिति :बैशाख २२, २०७८ बुधवार - १२:२३:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology