Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

दाङका स्थानिय तह आईसोलेसन बनाउनमा सक्रिय 

दाङका स्थानिय तह आईसोलेसन बनाउनमा सक्रिय 

इच्छाकामना न्युज

२१, बैशाख २०७८
दाङका स्थानिय तह आईसोलेसन बनाउनमा सक्रिय 
images

लक्ष्मण विश्वकर्मा, दाङ, २१ बैशाख । दाङका स्थानिय तहहरु अक्सिजन सहितको आईसोलेसन सेन्टर बनाउनमा जुटेका छन् । कोरोनाका बिरामीहरुका लागि आवश्यक पर्ने शय्या र अक्सिजनको अभाव हुन थालेपछि दाङका दश वटै पालिकाले अक्सिजन सहितको आईसोलेसन सेन्टर बनाउन थालेका हुन् ।

images
images

यसै क्रममातुलसीपुर उपमहानगरपालिकाले ५० शय्याको अक्सिजन सहितको आईसोलेसन सेन्टर तयार पारेको छ । तर अहिले तत्काल अक्सिजनको व्यवस्था गर्न सकेको छैन । भएजतिको अक्सिजन समेत कोरोना विशेष अस्पताललाई दिईएको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभयो ।

जसले गर्दा अक्सिजन अभावका कारण आईसोलेसन सेन्टर सञ्चालनमा आउन नसकेको उहाँले बताउनुभयो । तुलसीपुर ८ अश्वारामा रहेको मेट्रो अस्पतालमा पनि आईसोलेसन सेन्टर तयार भएको छ । अक्सिजन आपूर्ति हुने वित्तिकै सञ्चालन गर्ने तयारी गरिएको छ । यस्तै घोराही उपमहानगरपालिकाले पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग समन्वय गरी कोरोना बिरामीका लागि आवश्यक पर्ने शय्या तयार गर्न सुरु गरेको नगर प्रमुख नरुलाल चौधरीले बताउनुभयो ।

यस्तै लमही नगरपालिकाले कोरोना सङ्क्रमणको रोकथामका लागि ४० शय्याको आईसोलेसन तयार गरेको छ भने गढवा गाउँपालिकाको २० शय्याको अक्सिजनसहितको आइसोलेसन तयारी अवस्थामा राखेको छ । पश्चिम दाङको बबई गाउँपालिकाले कोरोना सङ्क्रमितको उपचारलाई थप व्यवस्थित बनाउन हापुरेमा अक्सिजनसहितको ३० शय्याको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याउने तयारी गरेको छ भने दगीशरण गाउँपालिकामा १० शय्याको अक्सिजनसहितको आइसोलेसन सेन्टर तयार पारेको छ ।

यस्तै बंगलाचुली गाउँपालिकाले २० शय्या, राजपुर, राप्ती गाउँपालिकाले आईसोलेसन बनाउने तयारी गरीरहेको छ भने शान्तीनगर गाउँपालिकाले हाल सात शय्याको आईसोलेसन बनाएको र थप २० शय्यासम्म बनाउने योजना रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक हरि पुनले जानकारी दिनुभयो । 

images
प्रकाशित मिति :बैशाख २१, २०७८ मंगलवार - ०९:०९:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology