पार्वती न्यौपाने, रुपन्देही, २० बैशाख । रुपन्देहीको देवदहमा अस्थायी कोरोना अस्पताल सञ्चालनमा आएको छ । जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमणको दर बढ्दै गएपनि सङ्क्रमितको उपचारका लागि भन्दै देवदह–७ शितलनगरमा रहेको नेपाल मगर संघको हलमा देवदह अस्थायी कोरोना अस्पताल सञ्चालनमा आएको हो ।
अस्पतालमा अक्सिजनसहितको २० बेड सञ्चालनमा आएको हो । कोरोना भाईरस सङ्क्रमिहरुको उपचार गर्ने गरी देवदह अस्थायी कोरोना अस्पताल निर्माण गरी सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ । देवदह अस्थायी कोरोना अस्पलतामा तत्कालको लागि २० बेडको व्यवस्था गरिएको र आवश्यक परे अन्य स्थानमा पनि अस्पताल स्थापना गर्ने नगर प्रमुख हिराबहादुर खत्रीले बताउनुभयो ।
देवदह नरपालिकाले सञ्चालनमा ल्याएको देवदह अस्थायी कोरोना अस्पतालमा एक जना डाक्टर सहित नर्सिङ्ग स्टाफ र स्वास्थ्यकर्मीहरुले सेवा दिने छन् । नगरप्रमुख खत्रीले डा.किरण गुप्ताको टोलीले सङ्क्रमितको उपचार र व्यवस्थापन गरिने पनि बताउनुभयो ।
देवदह मेडिकल कलेज तथा अन्य सेवा सुविधा भएको अस्पलतामा रेफर गरिने अस्पताल व्यवस्थापक अरविन्द आर्चायले बताउनुभयो । अहिले अस्थायी कोरोना अस्पलतामा १० वटा ठूलो अक्सिजनको सिलिण्डर, ५ वटा सानो अक्सिजनको सिलिण्ड रहेको र थप मगाउने काम भईरहेको आर्चायले बताउनुभयो ।