Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

आफ्नो पुनर्नियुक्ति वैधानिक भएको मुख्यमन्त्री पोखरेलको दावी 

आफ्नो पुनर्नियुक्ति वैधानिक भएको मुख्यमन्त्री पोखरेलको दावी 

images

इच्छाकामना न्युज

२०, बैशाख २०७८
आफ्नो पुनर्नियुक्ति वैधानिक भएको मुख्यमन्त्री पोखरेलको दावी 
images

बुटवल, २० बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो नियुक्ति वैधानिक रहेको दावी गर्नुभएको छ । आज सामाजिक सञ्जाल फेसवुकमा विचार राख्दै उहाँले प्रदेशमा नेकपा (एमाले) प्रदेश सभा दल वहुमत प्राप्त दलको अवस्थामा रहेका वखत मुख्यमन्त्रीमा दावी गरिएको र दलको बैठकले सर्वसम्मत मुख्यमन्त्रीमा दावी गर्ने निर्णय गरेको उल्लेख गर्नुभएको छ ।

नियुक्ति पनि त्यसै आधारमा भएको जानकारी गराउँदै नियुक्ति पछिको विवादको निरुपण प्रकृयाबाटै हुने उहाँको भनाइ छ । सांसद विमला कुमारी खत्री फागुन २३ को सर्वोच्चको फैसलापछि एमालेको प्रदेशसभा दलमा सहभागी हुँदै आएको दावी मुख्यमन्त्री पोखरेलको छ ।

अहिले आएर माओवादी केन्द्र रोजेको प्रचार गर्नु कानुन विपरित भएको र यस प्रक्रियामा प्रदेशसभा सचिवालयको जालसाजीपूर्ण सहभागिता रहेको आरोप पोखरेलले लगाउनुभएको छ । राजीनामा दिएका र अरु पार्टीलाई समर्थन गरेका भनिएका सांसदहरूसमेत दलको वैठकमा उपस्थित रहेर सरकारमा दावी गर्ने निर्णयमा सहमती जनाएको उहाँले उल्लेख गर्नुभएको छ ।

images
प्रकाशित मिति :बैशाख २०, २०७८ सोमवार - ०९:४३:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology