Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

दाङ घटनाको सत्यतथ्य छानविन नहुदा सम्म शव नबुझने पिडित पक्षको भनाई 

दाङ घटनाको सत्यतथ्य छानविन नहुदा सम्म शव नबुझने पिडित पक्षको भनाई 

images

सिआईएन

१९, बैशाख २०७८
दाङ घटनाको सत्यतथ्य छानविन नहुदा सम्म शव नबुझने पिडित पक्षको भनाई 
images

लक्ष्मण विश्वकर्मा, दाङ, १९ बैशाख । दाङ तुलसीपुरमा तिन जना बालकको ज्यान जाने गरी भएको घटनाको सत्यतथ्य छानविन गर्न माग गदै पिडित पक्षले शव बुझन मानेका छैनन् । घटना रहस्यमय तरिकाले भएको भन्दै सत्यतथ्य छानविन गरी दोषीको छिटै पहिचान गर्न पिडित पक्षले माग गरेका छन् ।

आज ईलाका प्रहरी कार्यालय तुलसीपुर पुगेका मृतकका आफन्तीहरुले दोषी पत्ता नलाग्दा सम्म शव नबुझने बताएका छन् । मृतक करण परियारका वुवा कृष्ण परियारले दोषी पत्ता नलाग्दा सम्म छोराको शव नबुझने बताउनु भएको छ ।

गएको बैशाख १६ गते घरबाट एकैसाथ सम्पर्क विहिन भएका तुलसीपुर ६ बरुवागाउँ निबासी भिम बहादुर परियारका ९ बर्षका छोरा सन्दिप परियार, सोही ठाउँका सन्तोष परियारका ७ बर्षका छोरा सुवर्ण परियार र कृष्ण परियारका ६ बर्षका छोरा करण परियार सोहि वडाको स्याउलीबजार पश्चिम तर्फ भित्री बस्तीमा पार्कि ङगरी राखेको भारतिय नम्वर प्लेट भएको गाडी भित्र हिजो साँझ मृत अवस्थामा फेला परेका थिए ।

मृतक बालकहरुको शवलाई पोष्ट मार्टमका लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखीएको छ । पिडितहरुका अनुसार मृतक बालक तिनै जनाको आँखा नभएको, शरीरमा एसिड हालेको जस्तो देखीने र अर्धनग्न अवस्थामा गाडीको पछाडी सिटमा घोप्टो परेको अवस्थामा फेला परेका हुन् । उ

नीहरु तिनै जनाको घाउँको प्रकृति एउटै रहेको छ । तर आफन्तीहरुले दोषी पहिचान गर्न माग गदै शब बुझन मानेका छैनन् । जसले गर्दा पोष्ट मार्टम हुन सकेको छैन । यता घटनाको विषयमा अनुसन्धान भईरहेका ईलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ । 

images
प्रकाशित मिति :बैशाख १९, २०७८ आइतवार - २०:२८:०५ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology