Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गुरुङ समुदायको संस्कार संस्कृति अवलोकनका लागि प्ये ल्हु संघ चितवनले गर्‍यो कास्कीका गुरुङ गाउँहरुको भ्रमण

गुरुङ समुदायको संस्कार संस्कृति अवलोकनका लागि प्ये ल्हु संघ चितवनले गर्‍यो कास्कीका गुरुङ गाउँहरुको भ्रमण

चितवन जिल्ला संगठन विस्तार र प्रचारप्रसारमा अन्य जिल्ला भन्दा उत्कृष्ट भएको अध्यक्ष हितकाजी गुरुङको भनाई

इच्छाकामना न्युज

१३, बैशाख २०७८
गुरुङ समुदायको संस्कार संस्कृति अवलोकनका लागि प्ये ल्हु संघ चितवनले गर्‍यो कास्कीका गुरुङ गाउँहरुको भ्रमण
images

चितवन, १३ बैशाख । गुरुङ समुदायको संस्कार संस्कृति अवलोकनका लागि तमु प्ये ल्हु संघ चितवनले ३ दिन कास्की जिल्लाका गुरुङ गाउँहरुको भ्रमण गरेको छ। संघले गुरुङ समुदायको संस्कार संस्कृतिबारे जानकारी लिने दिने उद्देश्यले कास्की जिल्लाका गुरुङ गाउँहरुको भ्रमण गरेको हो। 

images
images

IMG_3240.jpg

बैशाख १०, ११ र १२ गते ३ दिनसम्म कास्की जिल्लाका घान्द्रुङ, कुमरुङ, उरी, ह्याङ्जाकोट, ल्वाङ लगायतका गुरुङ गाउहरुको भ्रमण गरेको थियो। भ्रमणको अन्तिम दिन पोखरा स्थित शक्तिघाटमा रहेको तमु प्ये ल्हु संघ केन्द्रीय कार्यालयमा केन्द्रीय समितिले स्वागत समेत गरेको थियो। स्वागत कार्यक्रमलाई सम्बोन्धन गर्दै संघका केन्द्रिय अध्यक्ष हितकाजी गुरुङले चितवन जिल्ला कार्य समितिको सक्रियताको प्रशंसा गर्नुभएको थियो। 

IMG_3210.jpg

उहाँले तमु प्ये ल्हु संघ चितवन जिल्ला संगठन विस्तार र प्रचार प्रसारमा अन्य जिल्ला भन्दा उत्कृष्ट रहेको बताउनुभएको हो । सम्बोन्धन कै क्रममा उहाँले भन्नुभयो, “प्ये ल्हु संघको संगठन र विस्तार गुरुङ जातीको धर्म संस्कृति बारे प्रचार प्रसारको अभियान अन्य जिल्ला भन्दा अगाडी छ, उत्कृष्ट छ ।” चितवन जिल्लाको सक्रियाताले अन्य जिल्ला कार्यसमितिलाई पनि जागरुक बनाएको उहाँको भनाई छ ।

IMG_3213.jpg
कार्यक्रममा चितवन जिल्ला कार्य समितिका अध्यक्ष जगत बहादुर गुरुङले गुरुङ जातीहरुको थातथलोको बारेमा जानकारी लिनका साथै आगामी जनगणनामा बोन धर्म लेख्नका लागि प्रचार प्रसार गर्न भ्रमण गरिएको बताउनुभयो ।


साथै उहाँले चितवनमा तमू प्ये ल्हु संघको २५ वटा इकाई गठन गरिएको बताउनुभयो । चितवन जिल्ला कार्य समितिले प्रदेश नम्बर २ ठोरीमा समेत गएर तमू प्ये ल्हु संघ गठन गरिएको जानकारी गराउनुभयो ।

IMG_2955.jpg
कार्यक्रममा केन्द्रिय कोषाध्यक्ष ओम बहादुर गुरुङले तमू प्ये ल्हु संघ संस्था बारे चर्चा गर्नुभएको थियो ।, साथै उहाँले प्ये ताँ ल्हु ताँको महत्व ,संरक्षण, प्र्रबद्र्धन, एंब सम्बद्र्धनका उपायहरु बारे जानकारी गराउनुभएको थियो ।

IMG_2719.jpg
तमू प्ये ल्हु संघ नेपालको आदीबासी जनजातीहरु मध्येका गुरुङ (तमू) जातिको धर्म, संस्कार, संस्कृतिको संरक्षण सम्बद्र्धन एवम् प्रबद्र्धनका लागि स्थापना गरिएको संस्था हो ।आगामी जनगणनामा गुरुङहरुले बोन धर्म लेख्नुपर्छ भन्ने अभियानलाई प्ये ल्हु संघ चितवनले तीब्र पारेका छन् ।

IMG_2475.jpg
कार्यक्रममा तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष जगत बहादुर गुरुङले हीतकाजी गुरुङलाई प्ये ल्हु संघ अंकित टोपी कोसेलीको रुपमा प्रदान गर्नुभएको थियो ।
साथै प्ये ल्हु संघ चितवन महिला समूहका अध्यक्ष इन्द्र कुमारी गुरुङले केन्द्रिय अध्यक्ष पुष्पा गुरुङलाई टोपी र घलेक प्रदान गर्नुभएको थियो । केन्द्रको तर्फबाट पनि अध्यक्ष पुष्पा गुरुङले घलेक प्रदान गर्नुभयो ।

IMG_2776.jpg
प्ये ल्हु संघ चितवनले कास्की घान्द्रुक, कुमरोङ,ह्याङजाकोट ल्वाङ लगायत गुरुङ गाउँहरुको भ्रमण गरिएको सचिव बिक्रम गुरुङले जानकारी दिनुभयो ।
भ्रमणका क्रममा गुरुङ गाउँको अवलोकनका साथै अन्तरकृया समेत गरिएको उहाँले बताउनुभयो ।

IMG_3198.jpgIMG_3187.jpgIMG_3174.jpgIMG_3168.jpgIMG_3173.jpgIMG_3166.jpgIMG_3163.jpgIMG_3063.jpgIMG_2752.jpgIMG_2945.jpgIMG_2765.jpgIMG_3014.jpgIMG_2747.jpgIMG_2705.jpgIMG_2706.jpgIMG_2526.jpgIMG_2672.jpgIMG_2480.jpg

images
प्रकाशित मिति :बैशाख १३, २०७८ सोमवार - २१:०८:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology