Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

एमालेको स्थायी कमिटी पुर्नगठन

एमालेको स्थायी कमिटी पुर्नगठन

images

सिआईएन

१०, बैशाख २०७८
एमालेको स्थायी कमिटी पुर्नगठन
images

काठमाण्डौं, १० बैशाख ।
अध्यक्ष केपी शर्मा ओली पक्षको नेकपा एमालेले एकलौटी रुपमा स्थायी कमिटी पुर्नगठन गरेको छ । केन्द्रीय कमिटी भङ्ग गरेर महाधिवेशन आयोजक समिति गठन गर्नुभएका अध्यक्ष ओलीले आज बालुवाटारमा आयोजित बैठकबाट स्थायी कमिटी पुनगर्ठन गर्नुभएको हो । बैठकले १९ सदस्यीय स्थायी कमिटी गठन गरेको हो ।  

स्थायी कमिटीमा झलनाथ–माधवपक्षका नेताहरु समेटिएका छैनन्, तर, वामदेव गौतमलाई भने समेटिएको छ । पुनर्गठित स्थायी कमिटीमा केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा, बिष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल रहेका छन् । यस्तै  बिष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वी सुब्बागुरुङ्ग, रघुवीर महासेठ, केशव बडाल, मणि थापा, किरण गुरुङ र पुष्पराज कँडेल पनि स्थायी कमिटीमा छन् । एमालेको कमिटीमा खनाल–नेपालपक्षीय नेताहरु झलनाथखनाल, माधव नेपाल, अष्टलक्ष्मी शाक्य, भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट,  भीम आचार्य, युवराज ज्ञवाली र मुकुन्दन्यौपाने स्थायी कमिटी सदस्य थिए । उनीहरू कसैलाई पनि कमिटीमा समेटिएको छैन ।

बैठकमा अध्यक्ष केपीओलीले पार्टी खोस्ने ढङ्गले कोही आएको भए, त्यो सम्भव नहुने बताउनुभयो  । प्रधानमन्त्री ओलीले माधव नेपालहरूले पार्टी एकताबद्ध बनाउन कुनै पहल नगरेको आरोप लगाउनुभयो ।  बैठकमा ओलीले आफ्नो माधव नेपाल, योगेश भट्टराई लगायत नेताहरुसँग भेटघाट भएको तर, पार्टी एकताबद्ध बनाउन कुनै पहल, महसूस र अनुभूति नदेखिएको बताउनु भएको थियो । 

images
प्रकाशित मिति :बैशाख १०, २०७८ शुक्रवार - १७:४९:४७ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology