Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

स्थापना दिवसको अवसरमा नेबिसंघ गोरखाद्वारा बिपतमा परेका परिवार र असाहाय बालबालिकालाई सहयोग

स्थापना दिवसको अवसरमा नेबिसंघ गोरखाद्वारा बिपतमा परेका परिवार र असाहाय बालबालिकालाई सहयोग

images

इच्छाकामना न्युज

६, बैशाख २०७८
स्थापना दिवसको अवसरमा नेबिसंघ गोरखाद्वारा बिपतमा परेका परिवार र असाहाय बालबालिकालाई सहयोग
images

गोरखा,६ बैशाख । नेपाल बिधार्थी संघ गोरखाले ५२ औं स्थापना दिवसको अबसरमा बिपतमा परेको परिवार र असाहाय बिधार्थीहरुलाई शैक्षिक समाग्री प्रदान गरेको छ । नेबिसंघले शनिबार हावाहुरीले घरको छाना उडाएर क्षति पु¥याएको जिल्लाको अजिरकोट गाउँपालिका–४ सिम्जुङका आसमान गुरुङको परिवारलाई २ बण्डल जस्तापाता उपलब्ध गराएको सचिव मिलनसिंह बस्नेतले जानकारी दिनुभयो ।

गुरुङको परिवारलाई तत्काल राहात पु¥याउने उद्देस्यले सहयोग प्रदान गरिएको उहाँले बताउनुभयो । त्यस्तै दिवसकै अबसरमा पारेर गोरखा नगरपालिका–६, स्थित बालमन्दिर माध्यामिक बिधालयमा अध्ययनरत असाहाय बिधार्थीहरुलाई शैक्षिक समाग्री समेत बितरण गरेको सचिव बस्नेतले जानकारी दिनुभयो ।

नेबिसंघ गोरखाका जिल्ला अध्यक्ष सुवास अधिकारीको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरि शैक्षिक सामाग्री बितरण गरेको उहाँले बताउनुभयो । कार्यक्रममा नेपाली काग्रेस गोरखा क्षेत्र नम्बर २ का सभापति गोबिन्द गुरुङ, नेपाल शिक्षकसंघका पूर्व केन्द्रीय सदस्य लुमनाथ लामिछाने, प्यापसन गोरखाका अध्यक्ष सिताराम तिवारी, नेपाल शिक्षक संघ गोरखाका अध्यक्ष शिव थापा लगायतको सहभागिता रहेको थियो ।

images
प्रकाशित मिति :बैशाख ६, २०७८ सोमवार - २१:५१:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology