पोखरा, ६ बैशाख । भोली बैशाख ७ गते गण्डकी प्रदेश भर सार्वजनिक विदा हुने भएको छ। गण्डकी प्रदेश सरकारले चैते दशैँको उपलक्ष्यमा वैशाख ७ गते मंगलबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
गत चैत १७ गतेको मन्त्री परिषदको बैठकले चैते दशैँको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो।
गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै सो दिन प्रदेशभित्रका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक संस्थानहरु विदा हुने जनाएको छ ।
यसअघि गोरखा नगरपालिकाले रामनवमीको दिन बैशाख ८ गते गोरखा नगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।