Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दै, खनाल–नेपाल पक्ष सहभागी नहुने

एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दै, खनाल–नेपाल पक्ष सहभागी नहुने

इच्छाकामना न्युज

६, बैशाख २०७८
एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दै, खनाल–नेपाल पक्ष सहभागी नहुने
images

काठमाण्डौ, ६ बैशाख । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दैछ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

images
images

बैठकबाट कर्णालीमा केही दिनअघि ‘फ्लोर क्रस’गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्ने सांसदमाथि कारबाहीको निर्णय बारेमा छलफल हुने एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । आजको बैठकमा खनाल–नेपाल समूहका नेता भने सहभागी नहुने भएका छन् ।

बैठकमा अध्यक्ष ओलीले राजनीतिक र महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन पेस गर्ने कार्यतालिका रहेको छ । खनाल–नेपाल समूहले अलग पार्टीका रूपमा अभ्यास गरिरहेको उल्लेख गर्दै भट्टराईले पार्टी आफ्नो बाटोमा अघि बढ्ने जानकारी दिनुभयो ।

खनाल–नेपाल समूहका माग र गतिविधिलाई पर्खेर नबस्ने योजनामा अध्यक्ष ओली रहेको बुझिएको छ । ओलीले बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठकको अघिल्लो दिन हिजो खनाल–नेपाल समूह आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग पुगेको थियो ।

ओलीले गत फागुन २८ पछि गरेका केन्द्रीय कमिटीमा मनोनयनलगायत सबै निर्णय अवैधानिक भएको तर्क गर्दै खनाल–नेपाल समूहले आफूहरू नै आधिकारिक दावी गर्दै आएको छ । 

images
प्रकाशित मिति :बैशाख ६, २०७८ सोमवार - ०९:५९:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology