Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

प्रदेश १ को हिउँदे अधिवेशनको आठौं बैठक आज बस्दै 

प्रदेश १ को हिउँदे अधिवेशनको आठौं बैठक आज बस्दै 

images

सिआईएन

५, बैशाख २०७८
प्रदेश १ को हिउँदे अधिवेशनको आठौं बैठक आज बस्दै 
images

बिराटनगर, ५ बैशाख । प्रदेश १ को सातौं हिउँदे अधिवेशनको आठौं बैठक आज बस्दै छ ।बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ। आज बस्ने बैठकमा मुख्यमन्त्री शेरधन राईले सम्बोधन गरेपछि अधिवेशन अन्त्य गर्ने तयारी गरिएको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिनुभयो ।

उहाँले प्रतिपक्षी दलहरुले अवरोध जारी राखेपछि जारी सातौं हिउँदे अधिवेशनको बैठक अन्त्य गर्ने तयारी भइरहेको सीआईएनलाई बताउनुभयो । प्रतिपक्षी दलहरु भने आजको बैठक चल्न नदिने पक्षमा छन् ।

सत्ता पक्षले माग सम्बोधन गर्न चासो नदिएका कारण बैठक अवरुद्ध हुने नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताउनुभयो । सरकारका प्रवक्ता कार्कीले भने प्रतिपक्षी दलहरुले बैठक अवरुद्ध गरे पनि प्रकृया पूरा गरेर अधिवेशन अन्त्य गरिने बताउनुभयो ।

नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले चालु वर्षका लागि स्वीकृत कार्यक्रमहरु सुचारू गर्नु पर्ने, विकास आयोजनालाई निरन्तरता दिनुपर्ने, अलपत्र रहेका बहुवर्षे विकास आयोजनाको काम सुचारु राख्नुपर्ने लगायतका माग राख्दै बैठक अवरुद्ध गर्दै आएका छन् ।अवरोधका कारण बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।

images
प्रकाशित मिति :बैशाख ५, २०७८ आइतवार - ०८:५४:२७ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology