अविनाश आचार्य, बारा, २ वैशाख । सिमरामा जारी ११औं जीतपुर सिमरा गोल्डकप अन्तर्गत आज भरतपुर एफसी चितवन र बागमती युवा क्लब सर्लाही बीच प्रतिस्पर्धा हुँदैछ । सिमरा रंगशालामा हुने यीदुई टोलीबीचको खेल साँझ ६ बजेबाट सुरु हुनेछ ।
यस अघि हिजो भएको खेलमा त्रिभुवनआर्मी फूटबल क्लब विजयी भएको छ । वीरगञ्ज युनाईटेड क्लबलाई ४–१ ले पराजीत गर्दै आर्मीले क्वाटरफाईनलमा स्थान सुरक्षित गरेको हो ।
आर्मीलाई जीत दिलाउन जर्ज प्रिन्स कार्की एक्लैले दुई गोल गर्दा सन्तोष केसी र सुसान्त चौधरीको नाममा एक÷एक दर्ता भयो । वीरगञ्जका लागि चतुर्धन चौधरीले एक गोल गर्नुभयो । प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ ।