Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गोरखाको शहिद लखन गाउँपालिकाद्वारा किसानलाई उन्नत जातको भैंसी वितरण

गोरखाको शहिद लखन गाउँपालिकाद्वारा किसानलाई उन्नत जातको भैंसी वितरण

इच्छाकामना न्युज

३०, चैत्र २०७७
गोरखाको शहिद लखन गाउँपालिकाद्वारा किसानलाई उन्नत जातको भैंसी वितरण
images

घैरुङ, ३० चैत । गोरखाको शहिद लखन गाउँपालिकाले पशुपालक किसानलाई प्रोत्साहन गर्दै अनुदानमा उन्नत जातको भैंसी वितरण गरेको छ। गाउँपालिकाले आज गाउँपालिकाको वडा नं. ६ र ९ को भैंसी पालन पकेट क्षेत्रका पशुपालक किसानहरुलाई अनुदानमा भैंसी वितरण गरेको हो।

images
images

bhaisi.png

चालु आर्थिक वर्ष २०७७/०७८ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत लागत साझेदारीमा भैंसी प्रवद्र्धन कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा पशुपालक किसानलाई उन्नत जातको भैंसी वितरण गरेको गाउँपालिकाले जनाएको छ। यस कार्यक्रम अन्तर्गत संघिय सरकारको शसर्त अनुदान तर्फको २१ लाख ८० हजार र कृषकको २१ लाख ८० हजार लागत साझेदारी रहेको छ।

यसैबिच यस कार्यक्रमले गाउँपालिकालाई दुग्ध जन्य पदार्थमा आत्मनिर्भर हुन मद्दत पुग्ने अपेक्षा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन बहादुर आलेले बताउनुभयो।

images
प्रकाशित मिति :चैत्र ३०, २०७७ सोमवार - २०:४६:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology