बेनिटार, १ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संगठन युवा संघले तनहुँको आँबुखैरेनी गाउँपालिका ४ नं. मा पनि वडास्तरीय संगठन विस्तार गरेको छ। संघ आज बसेको एक भेलाले शिव गुरुङको अध्यक्षतामा ४३ सदस्यीय वडा कमिटि गठन गरि संगठन विस्तार गरेको हो।
संघको उपाध्यक्षमा तिलक गुरुङ, श्याम थापा, भिम बहादुर खवास, बाबुलाल आले गम बहादुर गुरुङलाई चयन गरेको छ भने सचिवमा धन बहादुर आले, कोषाध्यक्षमा अस्मिता गुरुङलाई चयन गरेको छ।
भेलामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गण्डकी प्रदेश कमिटि सदस्य सुर्य बहादुर गौली (पारस) प्रमुख अतिथिको रुपमा उपस्थित रहनु भएको थियो।