डिबि खड्का, गुल्मी, २४ चैत । गुल्मीको पश्चिम क्षेत्रमा पर्ने मालिका गाउँपालिकाको एक विद्यालयमा अभिभावकको सक्रियतामा चन्दा संकलन गरि निःशुल्क प्राविधिक शिक्षा सञ्चालनमा ल्याईएको छ । प्राबिधिक शिक्षाको लागि शहर जानुपर्ने बाध्यता हटेपछि विद्यार्थी पनि खुसी भएका छन् ।
गुल्मीको मालिका गाउँपालिका ८ को मालिका माध्यमिक विद्यालयले गत वर्ष सिमटारी शैक्षिक तथा धार्मीक महोत्सवको आयोजना गरेर सङ्कलन भएको रकमबाट प्राविधिकि विषय अन्र्तगत कृषी क्षेत्रको बालीविज्ञान विषय पढाउन सुरु गरेको हो ।
प्राविधिक शिक्षा अध्ययनको लागी शहर जानु पर्ने बाध्यता हटेको भन्दै विद्यार्थी खुसी भएका छन् । अहिले कक्षा नौ मा चार स्थानीय तहका ४६ जना विद्यार्थीले निः शुल्क रुपमा प्राविधिक शिक्षा अध्ययन गरिरहेका छन् ।
विद्यालयका प्रधानाध्यापक हेम राज पौडेललेअभिभावकाको सक्रिकयतामा रकम जुटाएर पढाइ सुरु गरेपछि सरकारले पनि सहयोग गरेको बताउनुभयो । उहाँले यो वर्ष दुई वटा शिक्षकको दरबन्दी विद्यालयले प्राप्त गरेको पनि जानकारी दिनुभयो । विद्यालयमा प्राप्त गरेको ज्ञान दैनिक जिवनमा लागु हुने हुदाँ प्राविधिक शिक्षा प्रति विद्यार्थीको आकर्षण छ ।
बालीविज्ञान विषय शिक्षक नुमराज पौडेलले प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षण बढेपनि गाउँमा अवसर अभावले धेरै विद्यार्थी प्राविधिक शिक्षापछिको अभ्यासबाट बञ्चित हुने गरेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । अभिभावकले देखाएको चासोका कारण गूल्मिका ग्रामिण क्षेत्रका विद्यार्थीले गाउँमा नै रोजेको बिषय पढ्न पाएका छन् ।