गोरखा,२२ चैत । नेपाल पत्रकार महासंघको चुनावमा तमु संचारकर्मीहरुले जीतको खाता खोल्न सुरु गरेको छ। प्राप्त जानकारी अनुसार जीतको सुरुवात गोरखा जिल्लाबाट भएको छ। गोरखा जिल्लाको कार्यसमितिमा २ जना तमु संचारकर्मी सर्वसम्मत निर्वाचित भएका छन्।
जस अनुसार नेपाल पत्रकार महासंघ गोरखाको जिल्ला कार्यसमिति सह–सचिवमा तमु संचारकर्मी संघ नेपालका केन्द्रीय सदस्य समेत रहेका केशव गुरुङ सर्वसम्मत रुपमा निर्वाचित भएका छन्। सह–सचिवमा निर्वाचित गुरुङ नयाँ पत्रिका दैनिक गोरखाको जिल्ला प्रतिनिधी हुन् भने पछिल्लो समय जनचासो टाइम्स अनलाईनमा समेत आबद्ध रहेका छन्।
यस्तै महासंघको गोरखा समितिको कार्यसमिति सदस्यमा अर्का तमु संचारकर्मी दान बहादुर गुरुङ सर्वसम्मत निर्वाचित भएका छन्। सदस्यमा निर्वाचित गुरुङ इच्छाकामना एफ. एम. १०२.४ मेगाहर्जका स्टेशन म्यानेजर हुन्।