Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

ब्रेकिङ न्युजः भर्खरै गोरखा बारपाकमा जीप दुर्घटना, २ को मृत्यु, ७ घाईते, उद्दार कार्य जारी

ब्रेकिङ न्युजः भर्खरै गोरखा बारपाकमा जीप दुर्घटना, २ को मृत्यु, ७ घाईते, उद्दार कार्य जारी

इच्छाकामना न्युज

२१, चैत्र २०७७
ब्रेकिङ न्युजः भर्खरै गोरखा बारपाकमा जीप दुर्घटना, २ को मृत्यु, ७ घाईते, उद्दार कार्य जारी
images

गोरखा, २१ चैत । गोरखाको बारपाकमा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यू भएको छ । सात जना घाइते भएका छन् ।

images
images

लम्जुङको बिचौरबाट बारपाक भ्रमण गरेर फर्केका युवाहरु चढेको जीप शनिबार साँझ पौने साते बजे दुर्घटना हुँदा बिचौरका दुईजनाको मृत्यू भएको उद्धारमा खटिरहेका स्थानीय टेकबहादुर गुरुङले जानकारी दिए ।

‘अहिले भर्खरै दुर्घटना भएको हो । दुईजना मरिसकेका छन् । सातजनालाई उतारेर बसमा हालेर अस्पताल पठाउने तयारी भइरहेको छ’, गुरुङले भने, ‘प्रहरी पनि भर्खरै आइपुगेका छन् । मृतक र घाइतेको नाम ठेगाना केही पनि खुलेको छैन ।’

जीप राङरुङको भीरबाट ६० मिटर तल दरौँदी खोलामा खसेको उद्धारमा खटिएका अर्का स्थानीय कुमार गुरुङले बताए ।

घटना बारे जानकारी पाउने बित्तिकै इप्रका जौबारीका इन्स्पेक्टरको कमाण्डमा जौबारी र प्रहरी चौकी बालुवाबाट टोली खटिएका जिल्ला प्रहरी प्रमुख एसपी शेखर खनालले जानकारी दिए ।

जीपमा ९ जना युवाहरु मात्र सवार रहेका स्थानीयले बताएका छन् ।

दरौदी दैनिकबाट

images
प्रकाशित मिति :चैत्र २१, २०७७ शनिवार - १९:३३:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology