Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बागमती प्रदेशका मुख्मन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता 

बागमती प्रदेशका मुख्मन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता 

इच्छाकामना न्युज

१८, चैत्र २०७७
बागमती प्रदेशका मुख्मन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता 
images

हेटौडा, १८ चैत । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता गराएको अविश्वास प्रस्ताव फिर्ता लिएका छन्। फागुन २३ गते सर्वोच्च अदालतले गरेको निर्णयसँगै राजनीतिक अवस्था परिवर्तन भएकाले अविश्वासको प्रस्ताव फिर्ता लिएको प्रदेश सभा सदस्य अरुण नेपालले बताउनुभयो ।

images
images

तत्कालीन नेकपाले अविश्वासको प्रस्ताव राखेकोमा सर्वाेच्चको फैसलापछि एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा फर्किएकाले प्रस्ताव फिर्ता लिनुपरेको उहाँले बताउनुभयो । तत्कालीन नेकपा हुँदा माधवकुमार नेपाल र पुष्पकमल दाहाल ’प्रचण्ड’ पक्षका सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका थिए।

प्रदेश सभा सदस्य अरुण नेपालसहित माधव नेपाल पक्षका सबै एमाले सांसदले हस्ताक्षर गरी अविश्वासको प्रस्ताव फिर्ता लिएको पत्र प्रदेश सभा सचिवालयमा दर्ता गराएका हुन्। बागमती प्रदेशका मुख्यमन्त्री पौडेल प्रधानमन्त्री केपी शर्मा ओली पक्षका हुनुहुन्छ । 

images
प्रकाशित मिति :चैत्र १८, २०७७ बुधवार - ०९:११:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology