Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

आँबुखैरेनी बजारमा अब 'नो हर्न, नो स्पिड, नो ओभरटेक'

आँबुखैरेनी बजारमा अब 'नो हर्न, नो स्पिड, नो ओभरटेक'

चित्र बहादुर गुरुङ

१, कार्तिक २०७७
आँबुखैरेनी बजारमा अब 'नो हर्न, नो स्पिड, नो ओभरटेक'
images

आँबुखैरेनी, १ कार्तिक । तनहुँको आँबुखैरेनी बजारमा अत्यावश्यक बाहेक कुनै पनि सवारी साधानहरु हर्न बजाउन, जथाभाबि ओभरटेक गर्न र तिव्र गतीमा चलाउन नपाईने भएको छ। सरोकारवालाहरुसँगको समन्वयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले आँबुखैरेनीमा आज कार्तिक १ गते देखि लागु हुने गरि नो हर्न, नो स्पिड, नो ओभरटेकको नियम लगाएको हो। 

images
images

121814521_2738794566437015_3728185689373092695_n.jpg
अब देखि आँबुखैरेनी बजार प्रवेश स्थल बसपार्क छेउ देखि गाउँपालिका चोकसम्म अत्यावश्यक बाहेक कुनै पनि सवारी साधानहरुले हर्न बजाउन, जथाभाबि ओभरटेक गर्न र तिव्र गतीमा हाक्न नपाउने भएको आँबुखैरेनीका ट्राफिक प्रहरी प्रमुख प्रहरी सहायक निरिक्षक राजु श्रेष्ठले बताउनुभयो। नियम उल्लंघन गर्ने सवारी साधनहरुलाई ट्राफिक नियमानुसार कारवाही गरिने पनि उहाँले बताउनुभयो। 

121963211_336845907620119_1755079191156066897_n.jpg
यसैबिच आँबुखैरेनीमा नयाँ ट्राफिक नियम लागुभएको जानकारी दिन तनहुँ उद्योग वाणिज्य संघ आँबुखैरेनी इकाई लगायत विभिन्न स्थानीय संघ संस्थासँगको समन्वयमा आज बिहान पर्चा पम्पलेट वितरण तथा सवारी साधनका चालकहरुलाई सचेतना गराउने काम समेत गरिएको थियो।

images
प्रकाशित मिति :कार्तिक १, २०७७ शनिवार - ०९:४६:१९ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology