Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

जिल्ला ट्राफिक प्रहरी सर्लाहीका असई भट्टराईको महिनावारी रकम असुली धन्दा, प्रनि दोङ्ग बेखबर

जिल्ला ट्राफिक प्रहरी सर्लाहीका असई भट्टराईको महिनावारी रकम असुली धन्दा, प्रनि दोङ्ग बेखबर

images

इच्छाकामना न्युज

१६, चैत्र २०७७
जिल्ला ट्राफिक प्रहरी सर्लाहीका असई भट्टराईको महिनावारी रकम असुली धन्दा, प्रनि दोङ्ग बेखबर
images

सर्लाही, १६ चैत जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका असइ ठाकुर भट्टराई कमिसनको खेलमा लागेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीमा हालीमुहाली गरि रहेका असई भट्टराईले गजुरमुखी निर्माण सेवा प्रालीबाट मासिक रु ५ हजार असुल्नेगरेका छन् । उनले गजुरमुखी निर्माण सेवा प्रालीका कर्मचारी सुमन पौडेल मार्फत मासिक ५ हजार बुझ्ने गरेको पौडेलले नै बताए ।

जिल्लाका यातायात व्यावसायीहरु लगायतसंग महीनावारी असुल्ने गरेको पाइएको छ । उनले जिल्लाका अटो व्यावसायीहरुबाट मासिक ४ हजार, मयुरी व्यावसायीहरुबाट मासिक ३ हजार ५ सय र म्याजिक तथा माइक्रोहरुबाट मासिक  १० हजार असुल्ने गरेका एक यातायात व्यावसायी अविनाश खड्काले बताए ।

सर्लाही नै घर भइ विगत करिब ६ वर्षदेखि जिल्लामै रहँदै आएका असइ भट्टराइले टयाक्टर लगायत मालवाहक सवारी साधनहरुबाट समेत महिनाबारी असुल्ने गरेका यातायात व्यावसायीहरुले नै बताएका छन् । असई भट्टराईले दुर्घटना भएका सवारी साधनहरुलाई मिलाइ दिने बाहनामा, मालबाहक सवारी साधनहरुलाई लाईन मिलाइ दिने बाहनामा, बिल बुक हराएका सवारी साधनहरुको सिफारिस दिने बहनामा माहिनावारी असुल्ने गरेका एक प्रहरी अधिकारीले बताए ।

यस अघिका प्रहरी निरिक्षक सुर्यनारायण यादवका विश्वास पात्रको रुपमा रहेका असई भट्टराई अहिले पनि प्रहरी निरिक्षक केदारमान दोङ्गको विश्वास पात्रको रुपमा रहेर बसेका छन् । तर उनले असुल्ने कमिसनका बारेमा आफुलाई कुनै जानकारी नै नभएको र त्यस्तो भेटिएमा आवश्यक कार्बाही गर्ने प्रहरी निरिक्षक दोङ्गले बताए । 

जताततैबाट महिनावारी असुल्न पल्केका असइ भट्टराइ जहिले पनि जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका कार्यलय प्रमुखको विश्वास पात्रको रुपमा रहेर जिल्लामा आफुलाई कमिसन बढी हुने स्थानमा पठाउने र कमिसन कम दिनेलाई कम कमाइ हुने स्थानमा पठाउने काममा सकेत अब्बल देखिएका एक प्रहरी अधिकारीले बताए । 

असई भट्टराईले आफु जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीको प्रमुख भएझैँ गरि जिल्ला भित्रका सबै युनिटहरुको सरुवा गर्ने काम देखि कमिसन असुल्ने सम्मको काम गरेको प्रहरी अधिकारीले नै बताएका छन् । सो विषयमा प्रदेश नं. २ प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयालाइ जानकारी  नभएको पनि होइन तर उनलाइ अन्यन्त्र पठाउने विषयमा प्रदेश नं २ प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया मौन देखिएको छ ।

images
प्रकाशित मिति :चैत्र १६, २०७७ सोमवार - ०८:०८:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology