छोरी मात्र किन दिनु
त्योबेला दाइजो रहित भनियो
लानुस् एउटा पद पनि
अहिले अलिकति पर्म स्वरुप
सानै भएपनि
किन आत्तिनु हुन्छ
हजुरको लागि सेवामा
अझै केहि दर्जन त बाँकिनै छ
सम्धी ज्यु
साम्यवाद भनेको यहि त हो नि
खल्तिबाट झिक्ने दिने
हाम्रो समाजवादमा सक्नेले लिने हो
मेरो हो र राज्यको
लिदा पनि केहि नजाने, दिदा पनि
सम्धी ज्यु
छोरी–ज्वाईलाई त पहिल्यैदेखि भाग पुर्याउदै आको छ
हरेकका लागि कहाँ सकिन्छ र सम्धी ज्यु
जनताहरु विरोध गर्छन नातावादको
त्यसैले टाढाको साइनो खोज्दै हजुरकोमा आइपुगे
लिनुस् सम्धी ज्यु एउटा पद
हजुर त कति बहुमुखी
हजुर आलुको तरकारी जस्तो बोडिमा पनि ठिक्क गुन्द्रुकमा पनि ठिक्क
कलेजदेखि खाद्यसम्म, आयलनिगमदेखि बैकसम्म
यस्तो सरल निष्कलङ्कित कहाँ मिल्छ र सम्धी ज्यु
विरोधी कागहरु कराउदै गर्छ
पिना सुक्दै गर्छ
उप्किरहोस बाहिरको बोक्रो हामी लिउँ भित्रको धोक्रो सम्धी ज्यु
हामी गिद्धहरु आउनुस् लुछौ राज्य
काग कराउछ कराइ रहोस पिना सुकाउनु छ सुकि रहोस
सम्धी ज्यु लिनुस् एउटा पद