Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

झन् बढ्यो कोरोनाको त्रासः गोरखा प्रशासनद्वारा होली नखेल्न सूचना जारी

झन् बढ्यो कोरोनाको त्रासः गोरखा प्रशासनद्वारा होली नखेल्न सूचना जारी

images

इच्छाकामना न्युज

११, चैत्र २०७७
झन् बढ्यो कोरोनाको त्रासः गोरखा प्रशासनद्वारा होली नखेल्न सूचना जारी
images

गोरखा, ११ चैत । कोरोनाको त्रास फेरी बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले सचेत रहन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

प्रशासकिय अधिकृत दामोदर शर्माले सुचना जारी गर्दै चैत १५ गते आउँदो आईतवार परेको होली पर्व परिवार भित्रै मनाउन र सामुयिक रुपमा नखेल्न अनुरोध गरेका छन् । गत वर्षको होली खेल्न पनि प्रशासनले कोरोना त्रासकै कारण प्रतिबन्ध गरेको थियो ।
छिमेकी मुलुक र नेपालमा पनि कोरोनाको संक्रमण केहीदिन यता बढेपछि सभा सम्मेलन, गोष्ठी,भेला नगर्न प्रशासनले आग्रह गरेको छ ।

भौतीक दुरी कायम राख्न, मास्क अनिवार्य प्रयोग गर्न, साबुनपानीले हात धुन प्रशासनले सर्वसाधारणलाई अनुरोध गरेको प्रशासकिय अधिकृत शर्माले बताए ।
यस अघि कोरोनाको संक्रमणका बेला संचालनमा रहेको आइशोलेसनलाई तयारी अवस्थामा राख्न, उपचार सेवा प्रभावकारी बनाउन स्वास्थ्य कार्यालय, स्थानीय तह, गोरखा अस्पताल लगायतलाई अनुरोध गर्ने निर्णय भएको छ । मास्क नलगाउनेलाई संक्रामक रोग ऐन अन्र्तगत कारवाही गर्ने निर्णय पनि प्रशासनले गरेको छ ।

 

दरौदी दैनिकबाट

images
प्रकाशित मिति :चैत्र ११, २०७७ बुधवार - ०८:२६:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology