Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कोरोना संक्रमणको कारण विश्वभर मृत्यु हुनेको संख्या ११ लाख नाघ्यो

कोरोना संक्रमणको कारण विश्वभर मृत्यु हुनेको संख्या ११ लाख नाघ्यो

एजेन्सी

३०, आश्विन २०७७
कोरोना संक्रमणको कारण विश्वभर मृत्यु हुनेको संख्या ११ लाख नाघ्यो
images

कोरोना भाइरस संक्रमणबाट विश्वभर ११ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। शुक्रबार बिहान ७ बजेसम्मको वर्ल्डोमिटरको तथ्यांक अनुसार, संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ लाख २ हजार ४१८ पुगेको छ।

images
images

संक्रमणबाट हालसम्म सबैभन्दा बढी अमेरिकामा २ लाख २२ हजार ७१२ जनाको मृत्यु भएको छ। त्यसपछि ब्राजिलमा १ लाख ५२ हजार ५१३ जना र भारतमा १ लाख १२ हजार १४४ जनाले ज्यान गुमाएका छन्। यस्तै, मेक्सिकोमा ८४ हजार ८९८ जनाको संक्रमणबाट मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा बिहीबार मात्रै विश्वभर कोरोना संक्रमणबाट ६ हजार १०० जनाको ज्यान गएको छ। जसमध्ये सबैभन्दा धेरै अमेरिकामा ८६९ जना, भारतमा ८३३ र ब्राजिलमा ७३४ जनाको मृत्यु भएको छ। 

हालसम्म विश्वभर कोरोना संक्रमितको कुल संख्या ३ करोड ९१ लाख ५१ हजार १४४ पुगेको छ। जसमध्ये २ करोड ९३ लाख ६६ हजार ६६४ जना संक्रमणमुक्त भइसकेका छन्।

सक्रिय संक्रमितको संख्या ८६ लाख ८२ हजार ६२ छ। उनीहरुमध्ये ७० हजार ८५६ जनाको स्वास्थय अवस्था जटिल छ।

images
प्रकाशित मिति :आश्विन ३०, २०७७ शुक्रवार - ०८:२२:२९ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology