Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
२०८३, कार्तिक १७ गते
images

अबको केही दिन वर्षाको सम्भावना न्यून,पाकेको धानबाली भित्र्याउन सकिने

अबको केही दिन वर्षाको सम्भावना न्यून,पाकेको धानबाली भित्र्याउन सकिने

images

इच्छाकामना न्युज

१७, कार्तिक २०८३
अबको केही दिन वर्षाको सम्भावना न्यून,पाकेको धानबाली भित्र्याउन सकिने
images

काठमाण्डौ। मौसममा सुधार आएसँगै धानबाली भित्र्याउन मौसमविद्ले किसानलाई सुझाव दिएका छन् । बंगालको खाडीमा विकसित अर्को प्रणालीको प्रभाव नेपालमा नपर्ने भएकाले किसानले ढुक्क भएर धान काट्ने, सुकाउने र सुरक्षित रूपमा भण्डारण गर्न सक्ने मौसमविद् उज्ववल उपाध्याय बताउनुहुन्छ ।

यसअघि बंगालको खाडीमा विकसित अर्नब चक्रवातको प्रभावले नेपालमा समेत पानी परेपछि धान भित्र्याउने तयारीमा रहेका किसान समस्यामा थिए । अर्नब चक्रवातको प्रभाव बाहिरिएसँगै हिजोदेखि नै देशका विभिन्न ठाउमा घाम लाग्न शुरु भएको छ ।

अबको केही दिनसम्म नेपालमा ठूलो वर्षा हुने सम्भावना कम रहेको छ । यसले विशेषगरी धान पाकेर काट्ने तयारीमा रहेका किसानलाई राहत पुग्ने देखिएको छ । लामो समयसम्म वर्षा नभएमा खेतमा रहेको धान काट्न, खलामा सुकाउन र भण्डारण गर्न सहज हुनेछ । 

images
प्रकाशित मिति :कार्तिक १७, २०८३ सोमवार - ११:१४:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology