Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
२०८३, कार्तिक १७ गते
images

एनपीएलमा आज दुई खेलः काठमाडौँ र कर्णाली, सुदूरपश्चिम र चितवन भिड्दै

एनपीएलमा आज दुई खेलः काठमाडौँ र कर्णाली, सुदूरपश्चिम र चितवन भिड्दै

images

इच्छाकामना न्युज

१७, कार्तिक २०८३
एनपीएलमा आज दुई खेलः काठमाडौँ र कर्णाली, सुदूरपश्चिम र चितवन भिड्दै
images

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुने तालिका छ। आज काठमाडौँ गोर्खाज र कर्णाली याक्स तथा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै छन् ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेल दिउँसो १२ः३० बजे काठमाडौँ गोर्खाज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ। त्यस्तै, दोस्रो खेलमा साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुनेछन् ।
पहिलो खेलमा काठमाडौँ जिनबिहीन छ । दोस्रो खेल खेल्न लागेको काठमाडौँ पहिलो जितको खोजीमा छ । उता कर्णाली याक्सले भने अहिलेसम्म दुई खेलमा विजयी भएर चार अङ्क जोडिसकेको छ । कर्णाली तेस्रो जितका लागि मैदानमा उत्रने तयारीमा छ। आजै साँझ ५ बजे हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुनेछन्।
 
हालसम्म सुदूरपश्चिम रोयल्सले तीन खेल खेलिसक्दा एक खेलमा मात्र जित निकालेको छ । दुई खेलमा पराजित सुदूरपश्चिम चौथो खेलमा जित्नै पर्ने दबाबमा छ । त्यस्तै चितवन राइनोजले दुई खेल खेलिसक्दा अपराजित छ । एक जित निकालेको चितवनले एक खेलमा वर्षाका कारण अङ्क बाँडेको छ ।

images
प्रकाशित मिति :कार्तिक १७, २०८३ सोमवार - १०:१४:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology