धादिङ, १० चैत । धादिङको गजुरी गाउँपालिका स्थित गजुरी बजारमा चैत्र १२ गते देखि २४ गतेसम्म हुने भनिएको प्रथम गजुरी महोत्सव–२०७७ स्थगित हुने सम्भावना बढेको छ। नेकपा एमालेको दुई पक्ष बिचको राजनैतिक कारण महोत्सव लगभग स्थगित हुने अवस्थामा आईपुगेको छ।
धादिङका पूर्व माओवादी केन्द्र र एमाले नेपाल पक्षले प्रमुख अतिथिमा माधव नेपाल नल्याई नछाड्ने र गाउँपालिका प्रमुख राजेन्द्र विक्रम बस्नेतले त्यसो गरिए कोरोना रोकथामको सूचना अनुसार महोत्सव स्थगित गरिदिने बताएको आयोजक समितिका एक सदस्यले संचारकर्मीलाई बताए ।

गाउँपालिका प्रमुखको महोत्सव स्थगित हुने भनाई सार्वजनिक भएको केहि घण्टा मै गजुरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजन घिमिरेले भिडभाड हुने कुनै पनि कार्य नगर्न भन्दै सूचना जारि गरेका छन् ।
समग्र धादिङको कामना, एक घर एक व्यवसाय हाम्रो चाहना भन्ने नाराका साथ साना तथा मझौला व्यवसायी महासंघ धादिङले आयोजना गर्न लागेको यस महोत्सवको अन्तिम तयारी सकि सकेको अवस्थामा आएर स्थगित गर्न दवाव आईरहेको छ । हामी निरन्तर छलफल र वैठकमा नै छौं महोत्सव आयोजक समितिका संयोजक सुमित श्रेष्ठले बताए ।