Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

छेपेटार स्थित दरौदी नदीमा करेन्ट लाएर माछा मार्ने ३ जना पक्राउ

छेपेटार स्थित दरौदी नदीमा करेन्ट लाएर माछा मार्ने ३ जना पक्राउ

इच्छाकामना न्युज

९, चैत्र २०७७
छेपेटार स्थित दरौदी नदीमा करेन्ट लाएर माछा मार्ने ३ जना पक्राउ
images

गोरखा ९, चैत । गोरखा नगरपालिका–१० छेवेटार स्थित दरौंदी नदी क्षेत्रमा करेन्ट लगाएर माछा मार्ने कार्यमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पालुङटार न।पा। वडा नं। १ बस्ने बर्ष ३१ का बिमल गुरुङ, बर्ष २३ का सुजन कुमाल र बर्ष २६ का गणेश नगर्ची रहेको प्रहरीले जनाएको छ ।

images
images

दरौदी नदीमा अवैध रुपमा करेन्ट लगाई माछा मारेको भन्ने गोप्य सूचना प्राप्त भएपछि प्रहरीको टोली घटनास्थल तर्फ खटिएको थियो । सो क्रममा अवैध तरिकाले माछा मार्न प्रयोग हुने उपरकरण ब्याट्री लगायतका सामानहरु सहित नदी किनारमा हिडी रहेको अवस्थामा फेला पारी सोधपुछ गर्दा डिउटीमा खटिएको प्रहरीसंग नै वादविवाद गरी बाधा अवरोध समेत पुर्‍याएकोले उनिहरुलाई पक्राउ गएिको प्रहरीको भनाई छ

। पक्राउ परेको तिनै जना बिरुद्ध सोमबार सार्वजनिक शान्ति विरुद्धको कसूर मुद्दा दर्ता गरी अनुसन्धाना अघि बढाइउको प्रहरीले जनाएके छ ।

images
प्रकाशित मिति :चैत्र ९, २०७७ सोमवार - २१:४१:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology