काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन प्रतिनिधिहरू काठमाडौंको खुलामञ्चमा भेला हुन थालेका छन्।
उद्घाटन कार्यक्रम सुरु हुनुभन्दा करिब दुई घण्टाअघिदेखि नै प्रतिनिधि तथा नेता–कार्यकर्ता खुलामञ्च पुग्न थालेका हुन्। महाधिवेशनलाई लक्षित गर्दै खुलामञ्च क्षेत्रमा आवश्यक व्यवस्थापनसमेत गरिएको छ।