Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

चितवनको कालिकामा चास्नीबाट एक सय छ घार मौरीमा सङ्क्रमण

चितवनको कालिकामा चास्नीबाट एक सय छ घार मौरीमा सङ्क्रमण

images

इच्छाकामना न्युज

१५, आश्विन २०८३
चितवनको कालिकामा चास्नीबाट एक सय छ घार मौरीमा सङ्क्रमण
images

चितवन । पूर्वी चितवनको कालिका नगरपालिकामा पालिएका मौरीलाई चिनीको चास्नीबाट १०६ घार मौरीमा सङ्क्रमण देखिएको छ । कालिका –६ का जङ्गबहादुर पुनले पाल्नुभएको १६६ घारमध्ये ती घारमा चास्नी खुवाउँदा सङ्क्रमण देखिएको हो ।

उहाँका अनुसार यही असोज १२ गते साँझ ती मौरीलाई चास्नी दिइएको थियो । एक बोरा चिनी चार भाँडोमा राखेर चास्नी दिइएको थियो । उहाँले भन्नुभयो, “पहिलेको जस्तैगरी चास्नी दिएको थिएँ । १३ गते बिहान जाँदा मौरी मरेको देखँे ।” अहिले चिनी दिएका मौरी मर्ने, झोक्राउने गर्न थालेको उहाँले बताउनुभयो । सातामा एक दिन यतिबेला चास्नी दिने गरेकामा १२ गते दिइएको चास्नी समस्या देखिएको उहाँले बताउनुभयो । अघिल्लो दिन चास्नी दिइएकामा भोलिपल्ट मौरीमा सङ्क्रमण फैलिएको उहाँले जानकारी दिनुभयो । पछिल्लो समय विषादीको जोखिम बढ्न थालेको उहाँले बताउनुभयो ।

विसं २०७२ देखि मौरीपालन गर्दै आउनुभएका पुनका घारमा २०७४ सालमा पनि यस्तै सङ्क्रमण देखिएर २० घार मौरी मरेका थिए । मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अङ्गाइले मौरीलाई आहाराका रुपमा चास्नी खुवाउँदा सङ्क्रमण देखिएको बताउनुभयो ।

किराना व्यवसायीले बाहिरबाट सामान ल्याउँदा चिनीको बोरासँग बेगन, मुसा मार्ने औषधिजस्ता वस्तुसँगै ल्याइएको अनुमान गरिएको उहाँले बताउनुभयो । अहिले घारमा सङ्क्रमण देखिने र मौरी बिस्तारै मर्दै जाने गरेको उहाँले बताउनुभयो ।

चास्नी खुवाउँदा मौरी मरेपछि परीक्षणका लागि व्यावसायिक किट विकास केन्द्रसँगको सहयोगमा नमुना परीक्षणका लागि काठमाडौँ पठाइएको छ । योबाहेक कृषि तथा वन विज्ञान विश्व विद्यालय रामुपरको सहयोगमा चीनमा हुन लागेको सम्मेलनमा यो नमुना पठाएर अध्ययन गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।
जिल्लामा १९ हजार ५०० घार मेलीफेरा मौरी पालिँदै आएको छ । व्यावसायिक किसानले असारदेखि असोजसम्म चरन क्षेत्रको अभावका कारण चास्नी खुवाउने गर्दछन् ।

images
प्रकाशित मिति :आश्विन १५, २०८३ बिहिवार - १०:१३:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology