Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

तमू प्ये ल्हु संघ चितवनद्वारा तमू सञ्चारकर्मी संघ नेपालका अध्यक्ष चित्र सोल्टी न्हान्सी गुरुङ सम्मानित

तमू प्ये ल्हु संघ चितवनद्वारा तमू सञ्चारकर्मी संघ नेपालका अध्यक्ष चित्र सोल्टी न्हान्सी गुरुङ सम्मानित

images

इच्छाकामना न्युज

१३, आश्विन २०८३
तमू प्ये ल्हु संघ चितवनद्वारा तमू सञ्चारकर्मी संघ नेपालका अध्यक्ष चित्र सोल्टी न्हान्सी गुरुङ सम्मानित
images

चितवन । तमू प्ये ल्हु संघ जिल्ला कार्यसमिति चितवनले तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालका नवनिर्वाचित अध्यक्ष तथा इच्छाकामना न्युजका कार्यकारी निर्देशक चित्र सोल्टी न्हान्सी गुरुङलाई बधाई,शुभकामना तथा सम्मान गरेको छ।

तमू प्ये ल्हु संघ जिल्ला कार्यसमिति चितवनको २३औँ वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रममा गुरुङलाई गुरुङ समुदायको मौलिक संस्कारअनुसार फेटा लगाई सम्मान गरिएको हो। संघले सम्मानपत्र प्रदान गर्दै गुरुङको सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेको थिए।

गुरुङ तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालको छैटौँ अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएका हुन्। सञ्चार क्षेत्रमार्फत गुरुङ समुदायको भाषा,संस्कार,संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आएका गुरुङलाई समुदायको संस्थाले सम्मान गरेको हो।

सम्मानपछि आफ्नो भनाइ राख्दै अध्यक्ष गुरुङले नयाँ जिम्मेवारीलाई अवसर र चुनौती दुवैका रूपमा लिएको बताए। उनले तमू (गुरुङ) सञ्चारकर्मी संघलाई अझ व्यवस्थित,सक्रिय र प्रभावकारी बनाउँदै सञ्चारकर्मीहरूको हकहितसँगै गुरुङ समुदायका विषयलाई सञ्चारमाध्यममार्फत थप सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरे। उनले विगतका दिनहरूमा भएका कामलाई निरन्तरता दिँदै संघलाई अझ राम्रो र प्रभावकारी बनाउने आफ्नो प्रयास रहने बताए।

images
प्रकाशित मिति :आश्विन १३, २०८३ मंगलवार - १६:३७:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology