Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कोरोना भाइरस के हो ? लक्षण र बच्ने उपाय

कोरोना भाइरस के हो ? लक्षण र बच्ने उपाय

इच्छाकामना न्युज

१३, आश्विन २०७७
images

काठमाडौं- चीनबाट शुरु भएको कोरोना भाइसरसको संक्रमण नेपालमा प‍नि भेटिएको छ ।केही दिन अघि चीनबाट नेपाल फर्किएका युवामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

images
images

उनीमा कोरोना भाइस छ छैन भन्नेबारे परीक्षणका लागि हङकङ पठाइएकाे ‘स्याम्पल’ आएपछि ती युवामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको हो ।

कोरोना भाइरसको संक्रणम हुँदा कसरी साबधानी अपनाउने ? कोरोना भाइरस के हो ? यसबारे यहाँ केही जानकारी प्रदान गरिएको छ ।

कोरोना भाइसरको वास्तविका नाम नोवेल कोरोना भाइरस हो । यो भाइरस चीनमा पत्ता लागेको हो ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना भाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहको एउटा सदस्य हो ।

कोरोना भाइरस पशुपंक्षी तथा सी फुडको माध्यमबाट सर्ने गर्छ । तर अहिले मानिसमा पनि यो रोगको भाइरस देखिएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा पनि सर्ने गर्छ । कोरोना भाइरस श्वासप्रश्वासको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ ।

कोरोना भाइरसको लक्षण

–ज्वरो आउनु र खोकी लाग्नु,

–छिटोछिटो सास फेर्नु,

–सास फेर्न गाह्रो हुने,

–समयमा उपचार नभएका निमोनिया हुनु,

–सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु,

–मिर्गौलाले काम गर्न छोड्छ र मानिसको मृत्यु हुनसक्छ।

कोरोना भाइसरको संक्रमणबाट बच्न के गर्ने ?

–नियमित रुपमा हात सफा गर्ने,

– खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने,

–मासु र अण्डा राम्रोसँग पकाएर खाने,

–कोरोना भाइरस लागेको लक्षण देखिएका मानिसदेखि टाढा बस्ने ।

images
प्रकाशित मिति :आश्विन १३, २०७७ मंगलवार - ०९:४८:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology