सल्यान। सल्यानमा स्क्रब टाइफसको संक्रमणबाट ९ जनाको मृत्यु भएको छ। जिल्लाका १० स्थानीय तहमध्ये ९ वटामा संक्रमण फैलिएको जिल्ला स्वास्थ्य शाखाले जनाएको छ।
स्वास्थ्य शाखाका अनुसार जिल्लाभर ६ सयभन्दा बढीमा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। दार्मा गाउँपालिकामा मात्रै ८ जनाको मृत्यु भएको छ भने छत्रेश्वरी गाउँपालिकामा एक जनाको मृत्यु भएको छ।
संक्रमण बढ्दै गएपछि रोगको अवस्था, बढी प्रभावित क्षेत्र र सम्भावित कारण पहिचान गर्न इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० को टोली सल्यान पुगेको हो।
साउनको दोस्रो सातादेखि संक्रमण देखिन थालेको दार्मा गाउँपालिकामा १२९ जनामा संक्रमण पुष्टि भएको छ। जिल्लामा मृत्यु हुनेमा ६ पुरुष, २ महिला र एक बालक छन्।
सामान्य अवस्थाका बिरामीको जिल्लामै उपचार भइरहेको छ भने जटिल अवस्थाका बिरामीलाई अन्य अस्पतालमा रेफर गर्ने गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ। चिकित्सकहरूले लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा पुगेर परीक्षण गराउन सुझाव दिएका छन्।