Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

गागलफेदीबाट ‘यानीमाया’को छायाङ्कन सुरु

गागलफेदीबाट ‘यानीमाया’को छायाङ्कन सुरु

images

इच्छाकामना न्युज

२९, श्रावण २०८३
गागलफेदीबाट ‘यानीमाया’को छायाङ्कन सुरु
images

काठमाडौँ । फिल्म ‘यानीमाया’को छायाङ्कन सुरु भएको छ । अभिनेता पल शाहको निर्माण रहेको फिल्मको छायाङ्कन शुक्रबारबाट सुरु भएको हो । गागलफेदीको फिल्म स्टुडियोबाट सुरु भएको फिल्मको छायाङ्कन अघि शुभसाइत समारोह आयोजना गरिएको थियो । जसमा फिल्म युनिटले क्यामरा तथा स्क्रिप्ट पूजा गरेका थिए ।

फिल्मको छायाङ्कन नियमित ३५ दिनसम्म हुनेछ । ओम प्रतीकको लेखन तथा निर्देशनमा तयार हुने फिल्ममा पल र अञ्जना मगर, शिशिर वाङ्देल, गजित विष्ट, लोकेन्द्र लेखक, अङ्कित खड्का, राज थापा, कर्मा लामा, सङ्गीता थापा, विशाल पुलामी, नारायणी खत्री लगायतका कलाकारहरूको अभिनय रहनेछ ।

फिल्ममा शान्न अधिकारी र मोनिका भण्डारी बाल कलाकारहरूको रूपमा छन् । चन्द्र ज्योति आले र पल शाहको लगानीमा तयार हुन लागेको यो फिल्ममा नवराज उप्रेतीको डीओपी, कुमार महर्जनको एक्सन, गिरिराज घिमिरेको मुख्य सहायक निर्देशन, भूपेन्द्र अधिकारीको सम्पादन रहनेछ। सामाजिक प्रेमकथामा निर्माण हुन लागेको यो फिल्मलाई फागुनको ७ गतेबाट रिलिज गर्ने घोषणा समेत निर्माणपक्षले गरेको छ । 
 

images
प्रकाशित मिति :श्रावण २९, २०८३ शुक्रवार - १६:०६:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology