Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

चितवनमा ११ केभी भूमिगत विद्युत् लाइन भोलि चार्ज गरिँदै, सावधानी अपनाउन आग्रह

चितवनमा ११ केभी भूमिगत विद्युत् लाइन भोलि चार्ज गरिँदै, सावधानी अपनाउन आग्रह

images

इच्छाकामना न्युज

१८, श्रावण २०८३
चितवनमा ११ केभी भूमिगत विद्युत् लाइन भोलि चार्ज गरिँदै, सावधानी अपनाउन आग्रह
images

भरतपुर। नेपाल विद्युत प्राधिकरणअन्तर्गतको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढिकरण आयोजनाले भरतपुर क्षेत्रमा नवनिर्मित ११ केभी क्षमताको भूमिगत केवल तथा ओभरहेड प्रसारण लाइन परीक्षण तथा सञ्चालनका लागि भोलि पहिलोपटक चार्ज (विद्युत प्रवाह) गर्न लागेको छ।

आयोजना प्रमुख आनन्द सुवेदीका अनुसार आँपटारी सब–स्टेसनदेखि सुरु भई आँपटारी चोक, पोखरा बसपार्क, लिला चोक, पुलचोक, न्युरोड हुँदै नारायणी नदी किनारसम्मको क्षेत्रमा निर्माण सम्पन्न भएका ११ केभी भूमिगत तथा ओभरहेड प्रसारण लाइन भोलि बिहान ७ बजेदेखि चार्ज गर्न लागिएको हो।
विद्युत लाइन पहिलोपटक चार्ज गर्दा सुरक्षा जोखिम हुनसक्ने भएकाले आयोजनाले सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। उक्त रुटमा रहेका विद्युतीय पोल, ट्रान्सफर्मर, फिडर पिलर बक्स तथा अन्य कुनै पनि विद्युतीय उपकरण वा संरचनालाई नछुन र टाढै रहन आग्रह गरिएको छ । त्यसैगरी, भूमिगत केवल बिछ्याइएको रुटमा पैदल यात्रा वा सवारी साधन आवतजावत गर्दा उच्च सतर्कता अपनाउन भनिएको छ ।
762892934_1651046117021923_7005808347656184843_n (1).jpg

बालबालिकाहरूलाई विद्युतीय संरचनाको नजिक जान वा खेल्न नदिन अभिभावकहरुलाई सचेत गराइएको छ । उक्त रुटमा अनुमतिविना कुनै पनि प्रकारको उत्खनन् गर्ने, खाल्डो खन्ने वा तार काट्ने जस्ता कार्यहरू पूर्ण रूपमा नगर्न÷नगराउन आयोजनाले भनेको छ । आयोजना प्रमुख सुवेदीले परीक्षणका क्रममा कुनै अप्रिय घटना हुन नदिन सर्वसाधारण, स्थानीय बासिन्दा तथा सर्वपक्षीय सहयोगको अपेक्षा गरिएको बताएका छन् ।

images
प्रकाशित मिति :श्रावण १८, २०८३ सोमवार - १७:२१:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology