Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

तास खेलिरहेको अवस्थामा रास्वपाका कार्यकर्तासहित ११ जना पक्राउ

तास खेलिरहेको अवस्थामा रास्वपाका कार्यकर्तासहित ११ जना पक्राउ

images

इच्छाकामना न्युज

१७, श्रावण २०८३
तास खेलिरहेको अवस्थामा रास्वपाका कार्यकर्तासहित ११ जना पक्राउ
images

काठमाडौँ । प्रहरीले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–१० बाट तास खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको छ । शनिबार बेलुका अष्टभुजा पेट्रोल पम्पको पछाडि रहेको तनहुँ घर भएका कमलबहादुर न्यौपानेको सञ्चालन गरेको विकल्प खाजा घरमा जुवा खेल्दै गरेको अवस्थामा जुवाडेहरू पक्राउ परेका हुन् ।

जुवा खालबाट ७१ हजार ५१५ रुपैयाँ नगद बरामद गरिएको चितवनका एसपी रामेश्वर पौडेलले बताए । पक्राउ पर्नेमा कँडेल चोक बस्ने वर्ष ४० का मनोज पौडेल सहितका आरोपीहरू छन् । पौडेल रास्वपाका चितवन जिल्ला कमिटी सदस्य हुन् ।

पक्राउ पर्नेमा पौडेल सहित खाजा घर सञ्चालक कमलबहादुर न्यौपाने, भरतपुर–७ बस्ने ध्रुव कोइराला, भरतपुर–९ बस्ने रबिन काफ्ले, सुरेश खनाल, चिरन तिवारी, मनोज सुवेदी, वीरेन्द्र गिरी, नवीन जोशी, अमित कोइराला र ५० वर्षीय मोती शर्मा छन् । पक्राउ परेका आरोपीहरूमाथि जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान गरिरहेको छ ।
 

images
प्रकाशित मिति :श्रावण १७, २०८३ आइतवार - १५:१८:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology